होमपेज > फेरि बढ्यो कुखुरा मासुको मूल्य, किलोको कति पर्छ?

फेरि बढ्यो कुखुरा मासुको मूल्य, किलोको कति पर्छ?

बिज्ञापन
बिज्ञापन

कुखुरा व्यवसायीले ब्रोइलर कुखुरा मासुको भाउ बढाएका छन् । अन्य महिनाको तुलनामा साउनमा मासु खपत कम हुने भए पनि राष्ट्रिय कुखुरा व्यवसायी संघले उत्पादन कम भएको भन्दै मासुको मूल्यवृद्धि गरेको हो ।

बिज्ञापन

संघले १५ साउनदेखि लागु हुने गरी भाउ बढाएकोमा फेरि आइतबारदेखि नै लागु हुने गरी ३ दिनमै कुखुरा मासुको भाउ बढाएको हो । संघले जिउँदो कुखुराको भाउ प्रतिकिलो १० रुपैयाँ र तयारी मासुमा १५ रुपैयाँ बढाएको छ । यसअघि जिउँदो कुखुराको भाउ प्रतिकिलो २ सय ४० रुपैयाँ भएकोमा भाउ बढेसँगै २ सय ५० रुपैयाँ पुगेको छ । यस्तै ३ दिनअघि प्रतिकिलो ३ सय ३५ रुपैयाँमा किनबेच भएको तयारी मासु पनि बढेर किलोको ३ सय ५० रुपैयाँ पुगेको छ ।

बिज्ञापन

यसअघि असारमा जिउँदो कुखुरा प्रतिकिलो २ सय २० र तयारी मासु प्रतिकिलो ३ सय २० रुपैयाँ थियो । संघ अध्यक्ष जंगबहादुर बीसीले असारमा किसानहरूले चल्ला कम उत्पादन गरेपछि अहिले मासुको भाउ बढेको बताए । ‘असारमा ह्याचरी व्यवसायीले एक साता चल्ला उत्पादन बन्द गरेका थिए,’ उनले भने, ‘त्यसको असर अहिले परेको हो ।’

संघका अनुसार साउन बाहेक अन्य महिना देशभरि प्रत्येक दिन साढे ५ लाख किलो कुखुराको मासु खपत हुन्छ । साउन महिनामा भने ३० प्रतिशत मासु खपत कम हुने अध्यक्ष बीसीको भनाइ छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते