साताको कारोबारको पहिलो दिन शेयर बजार भारी अंकको गिरावट आएको छ ।
बिज्ञापन
यसदिन नेप्से ६३.७३ अंकले घटेर परिसुचक २८५८ बिन्दुमा झरेको छ । आज ३ करोड २२ लाख कित्ता सेयर किनबेच हुँदा १३ अर्बको कारोबार भएको छ । कारोबारमा आएका १६ कम्पनीको शेयर मूल्य बढेको छ भने २३३ कम्पनीको घटेको छ ।
बिज्ञापन
कारोबार रकमका आधारमा आज नेपाल रि इन्सुरेन्स कम्पनीले ७५ करोड, हिमालय रि इन्सुरेन्सले ७१ करोड, हिमालयन डिस्लरीले ५८ करोड र शिभम् सिमेन्टले ५५ करोडको कारोबार गरे । यसदिन ट्रेड टावर र शिवश्री हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बढ्यो भने सान्भी इनर्जीको मूल्य १० प्रतिशतले घट्यो । यस्तै समता घरेलु लघुबित्तको शेयर मूल्य ९.९६ प्रतिशतले घट्यो ।
आज सबै समूहका सूचक घटेका छन् ।अन्य समूह सबैभन्दा धेरै ३.४८ प्रतिशत घट्यो । बैंकिङ २.२७, विकास बैंक १.६६, फाइनान्स १.६६, होटल तथा पर्यटन १.१७, हाइड्रोपावर १.३०, लगानी २.१९, जीवन बीमा २.१६, उत्पादन तथा प्रशोधन २.४४, माइक्रोफाइनान्स ३.०५, निर्जीवन बीमा १.७३ तथा व्यापार १.४३ प्रतिशत घटे ।








