होमपेज > आगामी उपनिर्वाचनदेखि नै विदेशबाट मतदानको व्यवस्था गर्न रास्वपाको माग

आगामी उपनिर्वाचनदेखि नै विदेशबाट मतदानको व्यवस्था गर्न रास्वपाको माग

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी उपनिर्वाचनदेखि नै विदेशमा रहने नेपालीका लागि मतदानको व्यवस्था सुनिश्चित गर्न माग गरेको छ ।

बिज्ञापन

शनिबार निर्वाचन आयोगले आयोजना गरेको सर्वदलीय छलफलमा रास्वपका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यले यस्तो माग गरेका हुन् । उनले आगामी कातिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनबाटै विदेशबाट मतदानको व्यवस्था निर्वाचन आयोगलाई आग्रह गरे ।

बिज्ञापन

‘निर्वाचन हुन अझै तीन महिना बाँकी छ । यो अवधि एउटा निर्वाचन क्षेत्रमा विदेशबाट मतदान गर्ने व्यवस्थाको टेक्निकल र लिगल सिस्टम स्क्र्याचबाटै बनाएर परीक्षण गर्ने पर्याप्त समय हो’ उनले भने, ‘नोट चल्ने तर भोट नचल्ने अवस्था अन्त्य गर्न आयोग साँच्चै नै गम्भीर हो भने यो उपनिर्वाचनबाटै आयोगले त्यस दिशामा आफूले गरेको काम देखाओस् ।’

तीन महिनाको अवधिमा एउटा निर्वाचन क्षेत्रमा पनि विदेशबाट मतदान गराउने व्यवस्था गर्न नसक्ने भए भन्न चुनौती दिँदै उनले भने, ‘एउटा निर्वाचन क्षेत्रमा समेत आयोगले सक्दैन भने आयोगले स्पष्ट भनोस् हामी ८४ त के ८९ सालको निर्वाचनमा पनि विदेशबाट मतदानको व्यवस्था गर्दैनौँ वा गर्न सक्दैनौँ ।’

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते