होमपेज > स्पेस फोरके टेलिभिजनको सीईओमा पुष्पराज गिरी नियुक्त

स्पेस फोरके टेलिभिजनको सीईओमा पुष्पराज गिरी नियुक्त

बिज्ञापन
बिज्ञापन

स्पेस फोरके टेलिभिजनको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुष्पराज गिरी नियुक्त भएका छन् । मिडिया प्रशासनमा एक दशकभन्दा बढी समय नेतृत्वदायी भूमिका निर्वाह गरेका गिरीलाई सोमबार एक कार्यक्रमका बीच औपचारिक रूपमा टेलिभिजनको सीईओ पदमा जिम्मेवारी दिइएको हो ।

बिज्ञापन

कार्यक्रममा स्पेस फोरके टेलिभिजनका अध्यक्ष डा.दिनेशकुमार शाही र कार्यकारी निर्देशक बाबुराम भुसालले गिरीलाई औपचारिक रूपमा स्वागत गरेका थिए । कार्यकारी निर्देशक भुसालले प्रतिस्पर्धी मिडिया बजारमा नविनतम सोचका साथ अघि बढ्दै स्पेस फोरकेलाई कोसेढुङ्गा सावित हुने गरी अगाडि बढाउने प्रतिबद्धता जनाए ।

बिज्ञापन

नवनियुक्त सीईओ गिरीले मिडिया क्षेत्रको आफ्नो लामो अनुभवलाई व्यवहारमा उतार्दै प्रभावकारी ढंगमा सञ्चारगृह सञ्चालन गर्ने बताए । उनले टीमवर्क र डिजिटल प्रविधिलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्ने पनि बताए ।

अध्यक्ष डा.शाहीले मिडियाप्रतिको आम नागरिकको दृष्टिकोण नै बदल्ने गरी काम गर्नुपर्ने आवश्यकता रहेको भन्दै नयाँ भिजन र मिसनसहित परिणाममुखी कामका लागि सबैको सक्रिय भूमिका रहने बताए । गिरीसँग दुई कार्यकाल गरी कान्तिपुर मिडिया ग्रुपमा आठ वर्षको अनुभव छ । त्यस्तै, उनले ग्यालेक्सी मिडिया ग्रुपलगायत अन्य मिडिया हाउसहरूमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते