नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१ /०८२ का लागि मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ ।
बिज्ञापन
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितका पदाधिकारीले यसबारे बुधबार अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेकाले शुत्रबार सार्वजनिक गर्ने तयारी गरिएको हो । मौद्रिक नीतिका लागि सम्पूर्ण तयारी लगभग पूरा भएको छ । राष्ट्र बैंकले मंगलबार अन्तिमपटक बैंकर्स संघका प्रतिनिधिहरुसँग छलफल गरेको थियो । यो साता सार्वजनिक नभए अर्को शुक्रबारसम्म कुर्नै भएकाले शुत्रबार नै सार्वजनिक गर्ने तयारी रहेको छ ।
बिज्ञापन
राष्ट्र बैंकले गत जेठ १३ गतेदेखि मौद्रिक नीतिका लागि सुझाव माग गरेको थियो । यो बीचमा केन्द्रीय बैंकले विभिन्न निजी क्षेत्र,सरोकारवाला निकायहरुसँग छलफल गर्ने राय सुझाव संकलन गरेको थियो । यसपटक मौद्रिक नीति विगतजस्तो कसिलो नभई, केहि हदसम्म लचिलो ल्याउने तयारीमा राष्ट्र बैंक छ ।








