अघिल्लो दिन उच्च अंकले बढेको शेयर बजार आज उच्च अंकले घटेको छ । मौद्रिक नीति सार्वजनिक भए पछिको पहिलो दिन बढेको बजारले एक दिनमा नै फेरि ओरालो यात्रा तय गरेको हो ।
बिज्ञापन
आज शेयर बजार परिसूचक ३५ दशमलव ०९ अंकले घटेर २७२५ दशमलव ७१ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.२७ प्रतिशतले कम हो । आज शेयर बजारमा १९८ कम्पनीको शेयर मूल्य घटेको छ भने ५० कम्पनीको शेयर मूल्य मात्रै बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ८३ अंकले घटेर ४७४ दशमलव ३५ विन्दुमा पुगेको छ । यो पनि अघिल्लो दिनको भन्दा १.४२ प्रतिशतले कम हो । आज शेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको शेयर मूल्य घटेको छ भने एउटा उपसूचकको मात्रै शेयर मूल्य बढेको छ ।
बिज्ञापन
आज परिसूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिन ११ अर्ब माथिको कारोबार भएको बजारमा आज भने ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज शेयर बजारमा ३२१ कम्पनीका २ करोड ११ लाख २ हजार ५४० कित्ता शेयर ७२ हजार ६०१ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको छ ।








