होमपेज > यी चार अस्पतालबाट क्यान्सरका औषधि निःशुल्क

यी चार अस्पतालबाट क्यान्सरका औषधि निःशुल्क

बिज्ञापन
बिज्ञापन

सरकारले क्यान्सर उपचारमा प्रयोग हुने ३७ प्रकारका औषधि चार अस्पतालबाट निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ ।

बिज्ञापन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि प्राप्त गरेपछि क्यान्सर उपचारमा संलग्न चार अस्पताल भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र वीर अस्पतालमा क्यान्सर रोगको औषधि उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य शिक्षा प्रशासक तथा सूचना अधिकारी डा.भक्त केसीले बताए ।

बिज्ञापन

स्वास्थ्य मन्त्रालयको पहलमा वन हर्ट वर्ल्डवाइड संस्थामार्फत नेपाल सरकारले ३७ प्रकारका औषधि सहयोग प्राप्त गरेको हो । स्तन, छाला, तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने औषधि नेपालका चार अस्पतालमा निरन्तर पाँच वर्षसम्म विभिन्न क्यान्सर रोगका औषधि उपलब्ध गराइने प्रशासक तथा सूचना अधिकारी डा. केसीले बताए ।

कहिले आउँछ औषधि?

बिज्ञापन

सरकारले क्यान्सरका बिरामीलाई एक लाख सम्मको निःशुल्क स्वास्थ्य उपचार गराउँदै आएको छ । त्यसमा थप निःशुल्क औषधि उपलब्ध गराउन लागिएको मन्त्रालयका प्रशासक तथा सूचना अधिकारी डा. केसीले बताए ।

सरकारले स्वास्थ्य बीमामा आबद्धलाई साउन १ देखि क्यान्सरलगायत आठ जटिल रोगहरूको उपचारका लागि दुई लाखसम्मको स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय गरेको छ । स्वास्थ्य बीमामा आबद्ध भएकाहरूले थप निःशुल्क रूपमा क्यान्सर रोगको औषधि यी चार अस्पतालबाट पाउन सक्नेछन् । स्वास्थ्य मन्त्रालयले क्यान्सरको औषधि प्राप्तिका लागि नीतिगत प्रक्रिया अगाडि बढाएको प्रशासक डा.केसीले बताए ।

‘औषधि आउने निश्चित भयो, मन्त्रालयले औषधिका लागि प्रक्रिया अगाडि बढाइरहेको छ । औषधि आउन केही समय लाग्छ । यही दिन आउँछ भन्न अहिले सकिँदैन,’ डा.केसीले भने । यसअघि पाटन, वीरलगायत अस्पतालहरूले विभिन्न माध्यमबाट क्यान्सरको औषधि वेलावेला उपलब्ध गराउने गरेको उनले बताए । त्यही क्रममा केही बिरामीलेले उलब्धताका आधारमा निःशुल्क औषधि प्राप्त गर्दै आएका थिए ।

नेपाललगायत अन्य राष्ट्रहरूमा क्यान्सरको औषधि अध्ययन भइरहेकाले अस्पतालहरूले निःशुल्क रूपमा प्राप्त गर्ने गरेको डा।केसीले जानकारी दिए । ‘अस्पतालहरूमा विभिन्न माध्यमबाट प्राप्त भएका औषधि कम मात्रा बेलाबेला उपलब्ध गराइन्थ्यो । अहिले सरकारले पहिलो पटक क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराएको हो,’ उनले भने ।

-औषधि क-कससले पाउँछन्?

तर निःशुल्क रूपमा दिइने औषधिहरू सबैले भने प्राप्त गर्न सक्दैनन् । यस्तो औषधि विपन्न नागरिकले मात्र निःशुल्क पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । रोगको उपचार र औषधि प्राप्त गर्न बिरामीले भने कागजातहरू बनाउनुपर्छ ।

विपन्न बिरामीले स्थायी बसोबास भएका वडाको सिफारिसमा पालिकाको सिफारिस पत्रसहित सम्बन्धित अस्पतालमा सम्पर्क गर्नुपर्ने सूचनाअधिकारी डा. केसीले बताए ।

-सिफारिस पत्रमा उल्लेख गर्नुपर्ने विवरणहरू

–बिरामीको नाम थर र ठेगाना र १६ वर्षमुनिका भए जन्म दर्ता र सम्पर्क नम्बर
–उपचारका लागि तोकिएको अस्पतालको सिफारिस, रोग पहिचान भएको चिकित्सकको प्रिस्किप्सनको संक्षिप्त व्यहोरा
–बिरामी विपन्न नागरिक भएको व्यहोरा खुल्ने पत्र

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते