जिप र मोटरसाइकल आपसमा ठोकिँदा २ नेपाली सेनासहित ५ जना घाइते भएका छन् । उक्त घटना आज सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ र १३ को सिमानामा बाँकेस्थित रेल्वे ट्र्याक नजिक प्र.०३–०२८ प २१९१ नम्बरको मोटरसाइकल र बा ८ च ६५ नम्बरको जिप एकआपसमा ठोकिँएर दुर्घटना भएको हो ।
बिज्ञापन
दुर्घटना पछि दुर्घटना पश्चात दुवै गाडीमा आगलागी भयर मोटरसाइकल पूर्णरूपमा जलेको र जिपको अगाडिको भाग जलेको प्रहरीले जनाएको छ ।
बिज्ञापन
उक्त दुर्घटनामा मोटरसाइकल चालक सर्लाही ईश्वरपुर नगरपालिका-१५ बस्ने २३ वर्षीय चन्द्रदेव धामी र पछाडि सवार स्थानीय २२ वर्षीय प्रशेस चौधरी र सोही मोटरसाइकलमा पछाडि सवार स्थानीय २१ वर्षीय अमित चौधरी छन् ।
चन्द्रदेव भगवती दल गण इटहरीमा कार्यरत नेपाली सेनाका सिपाही हुन् । दुर्घटना पश्चात भएको आगलागीमा ८५ प्रतिशत भाग जलेर चन्द्रदेव धामीको अवस्था भने गम्भीर रहेको छ । अर्का घाइते २२ वर्षीय प्रशेस हाल मध्य पश्चिम पृतना बुटवलमा काजमा कार्यरत छन् ।
बिज्ञापन
यस्तै जिप चालक हरिवन नगरपालिका-३ डाबरी टोल बस्ने ४० वर्षीय रामएकबाल महतो र हरिवन-२ का ६५ वर्षीय लेखनाथ उपाध्याय घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घाइतेहरूको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको र गाडी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।








