अविरल वर्षाका कारण पहिरोले सडक लगेपछि गमगढी–तारापानी – सोरुकोट सडक दुई हप्ताबाट अवरुद्ध भएको छ।
सोरु गाउँपालिका वडा न ८ मा रहेको आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट आएको पहिरोले सडक नै लगेपछि २ हप्तादेखि गमगढी–सोरुकोट सडक अवरुद्धहुँदै आएको हो।
बिज्ञापन
सडक अवरुद्ध भएपछि सिङ्गो सोरु गाउँपालिकाका जनतालाई जिल्ला सदरमुकामसम्म र सदरमुकामबाट सोरु गाउपालिका तिर आउजाउ गर्न समस्या हुँदै आएको छ। पहिरोले करिव १०० मिटर सडक लगेर नाम निसान समेत राखेको छैन,अहिले मानिस गमगढी बजारबाट जिपमा पहिरो गएको ठाउँसम्म आउने र त्यहाबाट पहिरो छल्दै दौडेर पहिरो पार गरि पारिपट्टी रहेका सोरुकोट तारापानीबाट आएका जिप चढेर जाने आउनेगर्दै आएका छन्। तन्नेरी युवा युवतिहरु त माथिबाट खस्ने माटो,ढुङ्गा छल्दै १०० मिटर पहिरो पार गर्दै आएका छन तर महिला,बालबालिका,जेष्ठ नागरिक र अशक्त,विरामिहरुलाई भने पहिरो पार गर्न कठिनाहुँदै आएको र सोरुबासीहरु सो स्थानमा जोखिमपूर्ण यात्रा गरिरहेको छन्। स्थानीय सर्जनबहादुर शाहिले जानकारी दिए ।
बिज्ञापन
शाहिका अनुसार पालिकाले सोरु र छायाँनाथ रारा नगरपालिका सिमाना पातिहाल्नादेखि पहिरो गएको स्थानसम्म स्काइभेटर लगाएर साना तिना पहिरा हटाएर पनि आशिधारा खोलाको पहिरो पन्छाएर सडक बनाउन सकिदैन भनेर स्काभेटर फर्किएको थियो।








