होमपेज > मन्जुश्री फाइनान्सका विभिन्न शाखामार्फत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन

मन्जुश्री फाइनान्सका विभिन्न शाखामार्फत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन

बिज्ञापन
बिज्ञापन

मन्जुश्री फाइनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न शाखाहरू मार्फत समाज सेवामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ।

बिज्ञापन

बुटवल शाखाबाट प्रारम्भ भएको अभियान क्रमशः वीरगञ्ज, पोखरा, मुर्गिया, इटहरी र धरान शाखामार्फत विस्तार गरिएको हो। पोखरा शाखाले अमोर बालगृहलाई एक लाख रुपैयाँ बराबरका दैनिक उपभोग्य सामग्रीहरू प्रदान गरी सहयोग गरेको छ। त्यस्तै, मुर्गिया शाखाले सैनामैना नगरपालिकाअन्तर्गत परोहा बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातक तहका विद्यार्थीहरूलाई आवश्यक पुस्तकहरू वितरण गरेको छ।

बिज्ञापन

धरान शाखाले श्री पञ्चकन्या माध्यमिक विद्यालय र श्री सावित्री माध्यमिक विद्यालयलाई पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीहरू प्रदान गरेको छ। यसैबीच, बुटवल शाखाले नेपाल नियमित रक्तदाता संघको सहकार्यमा रक्तदान कार्यक्रम, मधुमेह परीक्षण र निःशुल्क स्वास्थ्य शिविर पनि सम्पन्न गरेको छ।

मन्जुश्री फाइनान्सले हालसम्म रु २२ अर्ब निक्षेप संकलन गरी करीब रु १८।२ अर्ब कर्जा परिचालन गरिसकेको छ। २७ शाखा र एक विस्तारित काउन्टरमार्फत सेवा दिँदै आएको फाइनान्सले एक लाख पचास हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गरिरहेको छ।

बिज्ञापन

संस्थाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते