नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरूलाई विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होममा विशेष छुट पाइने भएको छ।
बिज्ञापन
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ९एनआइएमबी० लिमिटेडले विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होमसँग स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने गरी सम्झौता गरेको छ।
बिज्ञापन
विराट मेडिकल कलेज शिक्षण अस्पताल
यस सम्झौता अन्तर्गत एनआइएमबीका ग्राहकहरूले विराट मेडिकल कलेज शिक्षण अस्पतालमा सामान्य ओपिडी परामर्शमा ५० प्रतिशत छुट, सामान्य ल्याब रुटिन, एक्स–रे, युएसजीरइसिजी, सिटी स्क्यानरएमआरआई, खुला अपरेशन थियटर तथा सामान्य बेड सेवामा १० प्रतिशत छुट र विशेष परीक्षण, ल्याब अपरेशन थियटर तथा आइसियूरएनआइसियूरपिआइसियूमा ५ प्रतिशत छुट पाउनेछन्।
विराट नर्सिङ होम
साथै, सम्झौता अन्तर्गत एनआइएमबीका ग्राहकहरूले विराट नर्सिङ होममा सामान्य ओपीडी परामर्श, एक्स–रे, युएसजीरइसिजी, खुला अपरेशन थियटर तथा सामान्य बेड सेवामा १० प्रतिशत छुट, विशेष परीक्षण, ल्याब अपरेशन थियटर, आइसियूरएनआइसियूरपिआइसीयू, भेन्टिलेटर सेवा, क्याबिन तथा अस्पताल फार्मेसी सेवामा ५ प्रतिशत छुट र सिटी स्क्यानरएमआरआइमा ७५० सम्म छुट पाउनेछन्।
बिज्ञापन
यस विशेष छुट लिनका लागि ग्राहकले एनआइएमबी डेबिटरक्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट एप ९मोबाइल बैंकिङ० मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ।
बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राखेर काठमाडौं उपत्यका लगायत देशका विभिन्न अस्पतालहरूसँगको सहकार्यमा छुटको व्यवस्था गर्दै आएको बताएको छ।








