नबिल बैंक लिमिटेडले साउन ६ गतेदेखि आफ्नो नयाँ ऋणपत्र ‘७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ को सार्वजनिक निष्काशन तथा बिक्री खुला गर्न लागेको छ।
बिज्ञापन
यो ऋणपत्र ८ वर्ष अवधिको हुनेछ र वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गर्नेछ। बैंकले प्रति ऋणपत्र १,००० रुपैयाँ अंकित दरमा ३० लाख कित्ता अर्थात ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने योजना बनाएको छ। यसमध्ये ६० प्रतिशत (१८ लाख कित्ता – १ अर्ब ८० करोड रुपैयाँ बराबर) व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने, ४० प्रतिशत (१२ लाख कित्ता – १ अर्ब २० करोड रुपैयाँ बराबर) सर्वसाधारणका लागि निष्काशन गरिनेछ।
बिज्ञापन
सर्वसाधारणलाई उपलब्ध गराइने ऋणपत्रमध्ये ५ प्रतिशत (६० हजार कित्ता) सामूहिक लगानी कोषहरूका लागि आरक्षित गरिएको छ। यो ऋणपत्रमा लगानी गर्न चाहनेहरुले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ, भने इच्छुक लगानीकर्ताले अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्।
निष्काशन अवधि साउन ६ गतेदेखि खुला भई छिटोमा साउन ९ गते, र ढिलोमा साउन २० गतेसम्म खुला रहनेछ। यस ऋणपत्रको निष्काशन तथा बिक्री व्यवस्थापन नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड ले गर्नेछ।
बिज्ञापन








