होमपेज > अर्थतन्त्र चलायमान बनाउन सरकार, निजी क्षेत्र सबैको सहयोग आवश्यक छ: पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे

अर्थतन्त्र चलायमान बनाउन सरकार, निजी क्षेत्र सबैको सहयोग आवश्यक छ: पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे

बिज्ञापन
बिज्ञापन

पूर्व अर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डेले पूर्वाधार निर्माण पर्यटन प्रवद्र्धनको मेरुदण्ड भएको बताएका छन् ।

बिज्ञापन

पर्यटनमा बजेटः प्राथमिकता, कार्यान्वयन र उपलब्धि सम्बन्धि शनिबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाल घुम्न आउने पर्टकहरुले विशेषगरी सडक पूर्वाधारको समस्या भोग्नु परेकाले पर्यटकको नेपाल बसाइ घटेको उनले बताए ।

बिज्ञापन

‘त्यसकारण पुर्वाधार निर्माण पर्यटनका लागि मुख्य मेरुदण्ड हो । होटेलहरुपनि कुनै निश्चित क्षेत्रमा मात्र केन्द्रीत छन् । भएका होटलहरुले पनि सुरक्षाको अभावमा राति ९ बजे नै बन्द गर्नुपर्ने अवस्था छ,’उनले भने, सरकारले पर्यटन क्षेत्रमा भएका होटेलहरुलाई सुरक्षा प्रबन्धको व्यवस्था गरेर पर्यटकहरु आगमनको अवस्था अनुसार राति अबेर सम्म सञ्चालन गर्नसक्ने व्यवस्था मिलाउनुपर्छ ।

पर्यटनको माध्यमबाट अर्थतन्त्र चलायमान बनाउन सरकार, निजी क्षेत्र सबैको सहयोग आवश्यक पर्ने उनले बताए । पछिल्लो समय पूर्वी एशिया विश्वकै ठुलो अर्थतन्त्र ओगटन सक्ने केन्द्र बन्दै गएको सन्दर्भ जोड्दै उनले नेपालका दुई ठुला छिमेकी राष्ट्र चीन र भारतका पर्यटकहरुलाई मात्र पनि नेपाल घुम्न आउन आकर्षण गर्न सकेमा पर्यटन क्षेत्रले अझ राम्रो गती लिनसक्ने पाण्डेले बताए ।

बिज्ञापन

नेपालमा पर्यटनका बहु सम्भावना भएकाले यो क्षेत्र अर्थतन्त्रको प्राण बन्नसक्नेतर्फ उनले जोड दिए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते