होमपेज > यी तीन जिल्लामा भारी वर्षा, खोलाको तल्लो तटीय क्षेत्रमा रहनेहरूलाई सतर्कता अपनाउन अनुरोध

यी तीन जिल्लामा भारी वर्षा, खोलाको तल्लो तटीय क्षेत्रमा रहनेहरूलाई सतर्कता अपनाउन अनुरोध

बिज्ञापन
बिज्ञापन

पछिल्लो ३ घण्टामा दाङको अम्बापुर, घोराही, बेलझुण्डी, बाँकेको कुसुम र आसपासका क्षेत्रमा मध्यम वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागले सो क्षेत्रमा थप वर्षा हुनसक्ने सम्भावना रहेको बताएको हो ।

बिज्ञापन

पश्चिम राप्ती र बबई नदी जलाधारका सहायक स–साना खोलाहरूमा जलसतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेहरूले आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ । त्यस्तै बाँके जिल्लास्थित भगवनपुर वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ । यसका कारण डुडुवा खोलामा आकस्मिक बाढीको जोखिम रहेकाले खोलाको तल्लो तटीय क्षेत्रमा रहनेहरूले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

बिज्ञापन

यता, पछिल्लो ३ घण्टामा गुल्मी जिल्ला स्थित भर्से वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा हल्का देखि मध्यम वर्षामापन भएको छ । सो क्षेत्र भई बहने स–साना खोलाहरूमा जलसतह बढ्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भन्दै विभाग सतर्कता अपनाउन भनेको छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते