होमपेज > बजेट निर्माणमा बदमासी गरेको भन्दै गण्डकीका अर्थ सचिव पाण्डे कारबाहीमा

बजेट निर्माणमा बदमासी गरेको भन्दै गण्डकीका अर्थ सचिव पाण्डे कारबाहीमा

बिज्ञापन
बिज्ञापन

बजेट निर्माणमा बदमासी गरेको भन्दै गण्डकीका अर्थ सचिव राजेन्द्रदेव पाण्डेलाई कारबाही गरिएको छ ।

बिज्ञापन

आज बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले सचिव पाण्डेलाई प्रदेशको अर्थ मन्त्रालयबाट हटाउने निर्णय लिएको हो । उनलाई मुख्यमन्त्री कार्यालय मातहत जगेडामा तानिएको छ । ‘उहाँलाई पत्र गइसकेको छ ।

बिज्ञापन

बजेटमा भएको गलत गतिविधिको चाहिँ आन्तरिक छानबिन हुन्छ’ मुख्यमन्त्री कार्यालयका एक उच्च कर्मचारीले भने, ‘अर्थको जिम्मेवारीबाट तान्नु पनि कारबाही हो ।’ मन्त्रालय स्रोतका अनुसार विकास कार्यक्रम तयार गर्ने क्रममा नीतिगत प्रक्रिया उल्लङ्घन, विषयगत मन्त्रालयको सिफारिसविनै योजना समावेश र आफ्नै पालिका भानु नगरपालिकामा अस्वाभाविक रूपमा बजेट केन्द्रित गरेको आरोप उनीमाथि छ ।

वार्षिक विकास कार्यक्रम अध्ययन गर्दा पाण्डेको जन्मस्थान समेत रहेको तनहुँको भानु नगरपालिका, विशेषतः चितिखोला क्षेत्रमा मात्रै दर्जनौँ योजना विनियोजन गरिएको छ । जसको समाचार रातोपाटीले तथ्यसहित लेखेको थियो । बेलीब्रिज निर्माण, मोटरबाटो, सिँचाइ, खानेपानी, म्याराथन, वृत्तचित्र निर्माण जस्ता शीर्षकमा झन्डै ३३ करोड रुपैयाँ बजेट खन्याइएको छ ।

बिज्ञापन

पाण्डेले गरेको काममा सांसदहरूले प्रश्न उठाएका थिए । जवाफमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार संवेदनशील रहेको र छिट्टै परिमाण देखिने बताएका थिए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते