होमपेज > सिमेन्ट र डन्डीको भाउ घट्यो

सिमेन्ट र डन्डीको भाउ घट्यो

बिज्ञापन
बिज्ञापन

पछिल्लो साता सिमेन्ट र डन्डीको भाउ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार उद्योगीले सिमेन्टको भाउ प्रतिबोरा ५० रुपियाँदेखि एक सय रुपियाँसम्म र डन्डीको भाउ प्रतिकेजी पाँच रुपियाँसम्म घटाएका हुन् ।

बिज्ञापन

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पछिल्लो समय सिमेन्ट र डन्डीको उत्पादन गर्ने उद्योगमा लोडसेडिङ घटेर उत्पादनमा सहज भएको र माग पनि विगतभन्दा केही घटेकाले भाउ घटेको जानकारी दिनुभयो । यसअघि उद्योगमा १२ घण्टासम्म लोडसेडिङ भएको र उत्पादन लागत बढ्न गई सिमेन्टको मूल्य बढाउनु परेको उद्योगीले बताउँदै आएका थिए । नेपाल निर्माण व्यवसायी महासङ्घले पनि सिमेन्टको मूल्य प्रतिबोरामा एक सय रुपियाँसम्म र डन्डीमा प्रतिकेजी पाँच रुपियाँसम्म घटेको जनाएको छ ।

बिज्ञापन

यस्तै उद्योगीले यसअघि भाउ बढाएर ओपिसी सिमेन्ट प्रतिबोरा ६७५ देखि आठ सय रुपियाँसम्म र पिपिसी सिमेन्ट प्रतिबोरा ५५० देखि ६७५ रुपियाँसम्म पुर्‍याएका थिए । अहिले त्यो मूल्यमा प्रतिबोरा सिमेन्टमा एक सय रुपियाँसम्म घटेको महासङ्घले जनाएको छ । प्रतिकेजी ९० देखि ९५ रुपियाँ कारोबार भएको डन्डीमा पाँच रुपियाँ घटेर प्रतिकेजी ८५ देखि ९० रुपियाँमा किनबेच भएको छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते