होमपेज > ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४७ करोड बराबरको बजेट

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४७ करोड बराबरको बजेट

बिज्ञापन
बिज्ञापन

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि सात अर्व ४७ करोड ४१ लाख ४७ हजार बराबरको बजेट विनियोजन गरेको छ ।

बिज्ञापन

मंगलबार ललितपुर महानगरपालिकाले सातौ नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्रचार्यले बजेट प्रस्तुत गरेकी हुन् । उनले यस वर्षको वजेट समावेशी, नीतिलाई सम्बोधन गर्ने र सबैको अपनत्व हुनेगरी ल्याउने कोसिस गरेको बताइन् । उनले देशको समग्र अर्थतन्त्र नाजुक रहेको भन्दै यो बजेट सुखद रहेको बताइन् । ‘देशको अर्थतन्त्र नाजुक रहेको र संघीय तथा प्रदेश सरकारबाट विगतमा दिदै आएको अनुदान समेत कटौती भएको परिवेक्षमा यो रकम बराबरको बजेट प्रस्ताव गर्नु हाम्रो लागि सुखद हो,’ उनले भनिन् ।

बिज्ञापन

उनले आगामी आर्थिक वर्षको चालु खर्चतर्फ रु २ अर्व ९६ करोड ६४ लाख १८ हजार विनियोजन गरेको जानकारी दिइन् ।
यस वर्षको वजेटले समग्र वर्ग, भुगोल, जाती, महिला, अपाङ्गता भएका व्यक्तिहरु, जेष्ठ नागरिक, वालवालिका लगायत सम्पूर्णलाई सम्बोधन गरी थप विश्वास जित्न सफल हुने उनले दाबी गरिन् ।

उनको अनुसार अघिल्लो वर्ष कुल खर्च ७ अर्व ४६ करोड ८३ लाख ९२ हजार रहेको थियो भने सो मध्ये चालु खर्चतर्फ रु २ अर्व ७८ करोड ८९ लाख ६९ हजार र पूँजीगतर्फ रु ४ अर्व ६७ करोड ९४ लाख २३ हजार विनियोजन भएको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते