नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको २ लाख २३ हजार २२९९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बिज्ञापन
यो शेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरिद नगरेपछि सो शेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
बिज्ञापन
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (असार १० गते) देखि ७ दिनभित्र बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडौंमा के कति शेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।








