होमपेज > प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने निश्चित

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने निश्चित

बिज्ञापन
बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने निश्चित भएको छ ।

बिज्ञापन

प्रधानमन्त्री ओलीको भारत भ्रमण पछिल्लो भेटघाटले निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भारत भ्रमणमा जाने मिति तय भइनसके पनि तयारी भने थालिएको मन्त्रालयका एक अधिकारीले बताए । परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावास यसको तयारीमा जुटेको छ । भ्रमणमा के–के विषयमा छलफल हुने, समझदारी र सम्झौता हुने त्यसको खाका तयार भइरहेको मन्त्रालय स्रोतको भनाइ छ ।

बिज्ञापन

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले तयारी धेरै अघिदेखि भएको र पछिल्लो अपडेट के छ त्यो बुझेर मात्र भन्न सकिने बताए । भ्रमणको मिति तय भइसकेपछि सबैलाई यसबारे जानकारी दिइने उनले बताए । प्रधानमन्त्री ओली असार १५ गते स्पेन भ्रमणमा जाँदैछन् । उताबाट फर्केपछि भारत भ्रमण तालिकाबारे छलफल हुने उनको भनाइ थियो ।

भारतीयसँग ओलीको सम्बन्ध चिसिँदै गएको देखिएको छ । ओलीले भारत भ्रमणमा जाने इच्छा देखाए पनि भारतबाट निम्तो भने आएको थिए । तर पछिल्लो समय, खासगरी पहलगाम घटनापछि सम्बन्धमा सुधार राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ । त्यसो त ओली र भारतीय प्रधानमन्त्री मोदीबिच दुई पटक भेटघाटसमेत भइसकेको छ । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गएका वेला असोज ७ गते र थाइल्याण्डमा भएको बिम्स्टेक बैठकमा दुई देशका प्रधानमन्त्रीबिच भेटघाट भएको थियो ।

बिज्ञापन

अमेरिकामा भएको भेट त्यति महत्वपूर्ण नभए पनि थाइल्याण्डमा भने महत्त्वपूर्ण भेट भएको मानिएको छ, जहाँ दुवै देशका प्रधानमन्त्रीले एक्लाएक्लै भेट गरेका थिए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते