होमपेज > दुई सातादेखि नेपाल प्रहरीमा ११ एसएसपी रिक्त, यी हुन् प्रतिस्पर्धी

दुई सातादेखि नेपाल प्रहरीमा ११ एसएसपी रिक्त, यी हुन् प्रतिस्पर्धी

बिज्ञापन
बिज्ञापन

नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) को ११ दरबन्दी रिक्त भएको दुई साता बितेको छ । १६ जेठमा ११ एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएसँगै रिक्त भएको ११ एसएसपी पदमा दुई साता बित्दा पनि बढुवा सिफारिस हुन सकेको छैन ।

बिज्ञापन

डीआईजीको बढुवा भएलगत्तै एसएसपीमा बढुवा गर्ने बताइए पनि अहिलेसम्म बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन । एसपीबाट एसएसपीमा बढुवाका लागि गृहसचिवको नेतृत्वको सिफारिस समिति हुन्छ । तर गृह सचिव गोकर्णमणि दुवाडी देश बाहिर रहेकाले तत्कालै बढुवा हुने सम्भावन अझै छैन ।

बिज्ञापन

एसएसपी बढुवाका लागि २०५३ सालमा राष्ट्रिय अनुन्सन्धान विभागको इन्स्पेक्टरमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएका विमल बस्नेतसहितका प्रहरी अधिकृतहरु प्रतिस्पर्धामा छन् । उनी बाहेक २०५८ मा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भएका टोलीका अधिकृतहरु बढुवाको मुख्य प्रतिस्पर्धामा छन् ।

यो टोलीबाट प्रकाश रानाभाट, कमल थापा, तुलबहादुर कार्की, रोकश सिंह, राजिवबहादुर बस्नेत, दिपक पोखरेल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दिपेन्द्र शाही, राम प्रकाश साह, प्रविण धिता, दयानिधि ज्ञवाली, भुवनेश्वर तिवारी बढुवाको प्रतिस्पर्धामा छन् ।

बिज्ञापन

त्यस्तै ऋषिराम कडेल, सुरेशप्रसाद काफ्ले, अमरेन्द्रप्रसाद सिंह, श्यामसिंह चौधरी, नकुल पोखरेल, पदमबहादुर बिष्ट, सुवासचन्द्र बोहरा, बासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्रबहादुर शाही, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रमेश पण्डित बढुवाको प्रतिस्पर्धामा छन् ।

उनीहरुबाट ११ जना एसएसपी बढुवाका लागि सिफारिस हुनेछन् । त्यसपछि डीएसपीबाट एसपी बढुवाको बाटो खुल्नेछ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते