होमपेज > भातरको मुम्बईमा गुडिरहेको ट्रेनबाट खसे १० यात्रु

भातरको मुम्बईमा गुडिरहेको ट्रेनबाट खसे १० यात्रु

बिज्ञापन
बिज्ञापन

भातरको मुम्बईस्थित ठाणे जिल्लाको मुम्ब्रा रेलवे स्टेसन नजिकै गुडिरहेको ट्रेनबाट १० जना यात्रु खसेका छन् ।

बिज्ञापन

गुडिरहेको रेलबाट यात्रु खस्दा एक जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् । सोमबार बिहान ९:२० बजेको समयमा कसरा(एएसएमटीको द्रुत लोकल ट्रेनबाट ती यात्रुहरू खसेको मध्य रेलवेका सीपीआरओ स्वप्निल धनराज नीलाले बताए । लोकल ट्रेनका गार्डलाई उदृत गर्दै उनले भने, ‘ठाणेको मुम्ब्रा र दिवा बीचको लोकल ट्रेनमा यात्रा गरिरहेका यात्रुहरू दुर्घटनामा परेका हुन् । सबै घाइतेहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।’ सीपीआरओ स्वप्निलका अनुसार मुम्ब्रा र दिवा रेलवे स्टेसनहरू बीचको डाउनरफास्ट लाइनमा दुर्घटना भएको थियो ।

बिज्ञापन

उनका अनुसार एउटा रेल कसरा तर्फ र अर्को सीएसएमटी तर्फ गइरहेको थियो । दुवै रेलका केही यात्रुहरू फुटबोर्डमा उभिरहेका थिए । ती दुई रेल क्रस हुँदा यात्रुहरू एकआपसमा ठोक्किर रेलबाट तल खसे । सीपीआरओले यो टक्कर नभएको तर विपरीत दिशामा गइरहेका दुई रेलको फुटबोर्डमा यात्रा गरिरहेका यात्रुहरू एकअर्कासँग अल्झिएर दुर्घटना भएको स्पष्ट पारेका छन् ।

‘सामान्यतया दुई रेलहरू बीच १.५ देखि २ मिटरको दुरी हुन्छ, तर जब रेल घुमाउरो हुन्छ, यो अलिकति ढल्किन्छ। यो दुर्घटना यही झुकावका कारण भएको हुन सक्छ,’ उनले भने ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते