होमपेज > प्रधानमन्त्री, अर्थमन्त्री र उद्योगमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

प्रधानमन्त्री, अर्थमन्त्री र उद्योगमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

बिज्ञापन
बिज्ञापन

सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत ढुङ्गा, गिट्टी र बालुवा निर्यात खुलाउने निर्णय गरेपछि सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।

बिज्ञापन

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री दामोदर भण्डारीलाई पदमुक्त गर्न माग गर्दै रिट दायर गरेका छन् । रिटमा बजेटको बुँदा नम्बर ८७ ले सर्वोच्चको २०७९ माघ ७ को परमादेश उल्लङ्घन गरेको दाबी गरिएको छ ।

बिज्ञापन

उक्त फैसलाले खानीजन्य र नदीजन्य सामग्रीको निर्यात रोक्न र वातावरण संरक्षणमा प्रभावकारी व्यवस्था गर्न आदेश दिएको थियो । तर, नयाँ बजेटले वातावरणीय प्रभाव अध्ययनको आधारमा यस्ता सामग्रीको उत्खनन र निर्यात गर्ने प्रावधान राखेर अदालतको अवहेलना गरेको त्रिपाठीको जिकिर छ ।

रिटमा प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराई न्याय प्रशासन ऐन, २०७३ बमोजिम १ वर्ष कैद र १० हजार जरिवाना गर्न, तत्काल पदमुक्त गर्न र भविष्यमा सार्वजनिक पदमा अयोग्य घोषित गर्न माग गरिएको छ । साथै, बजेटको उक्त बुँदा कार्यान्वयनमा रोक लगाउन पनि माग गरिएको छ ।

बिज्ञापन

त्रिपाठीले अदालती फैसलाको कार्यान्वयन नहुँदा न्यायपालिकाको सर्वोच्चता र संविधानको शक्ति पृथकीकरणमाथि प्रहार भएको बताए ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते