होमपेज > काठमाडौँ महानगरपालिका र एनसेल फाउन्डेसनबीच सिप मेला २०८२ का लागि सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ महानगरपालिका र एनसेल फाउन्डेसनबीच सिप मेला २०८२ का लागि सम्झौता पत्रमा हस्ताक्षर

बिज्ञापन
बिज्ञापन

एनसेल फाउन्डेसनले ‘सिप मेला २०८२’ को लागि काठमाडौँ महानगरपालिकासँग साझेदारी गरेको छ । सिप विकास अन्तर्गत काठमाडौँ महानगरपालिकाले आयोजना गरेको यो सबैभन्दा ठुलो सिप विकास कार्यक्रम हो । यस कार्यक्रम अन्तर्गत, व्यवहारिक र रोजगारीमुखी सीपमा तालिम दिइने लक्ष्य लिइएको छ, जसले सहभागीहरूको रोजगारी सम्भावना वृद्धि गर्दै दिगो जीविकोपार्जनमा सहयोग पुऱ्याउने छ ।

बिज्ञापन

काठमाडौँ महानगरपालिकाद्वारा जेठ २१ गते काठमाडौँको टुँडिखेलमा सम्झौता पत्र हस्ताक्षर कार्यक्रममाझ काठमाडौँ महानगरपालिका र एनसेल बिच सम्झौता पत्रमा हस्ताक्षर तथा आदानप्रदान गरिएको हो । काठमाडौँ महानगरपालिकातर्फबाट सिप मेला २०८२ कार्यान्वयन समितिका संयोजक शैलेन्द्र झा र गतिशील अभियान नेपालका तर्फबाट अध्यक्ष रामजी प्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् भने एनसेलकोतर्फबाट एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर, विशाखा लक्ष्मी खड्का र कर्पोरेट एन्ड रेगुलेटरी अफेयर्स डाइरेक्टर डिल्लीराम श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

बिज्ञापन

“एनसेल फाउन्डेसनमा हामी सिप अभिवृद्धि नै रोजगारीको सम्भावना बढाउने र दिगो जीविकोपार्जनको आधार निर्माण गर्ने प्रमुख उपाय हो भन्ने विश्वास गर्छौँ। सिप मेलामा काठमाडौँ महानगरपालिकासँगको सहकार्यबाट युवाहरूलाई व्यवहारिक सिपहरू प्रदान गरी आजको परिवर्तनशील रोजगारी बजारमा सफल हुन सघाउने विश्वास लिएका छौँ,” एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर, विशाखा लक्ष्मी खड्काले भनिन् ।

जेठ ७ गतेदेखि सुरु भएको सिप मेलामा हाल १० क्षेत्रमा आधारित ३७ पेसामा २,४२४ जनालाई सीप तालिम प्रदान गरिरहेको छ । यसमा आइसिटी क्षेत्रमा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स, डिजिटल मार्केटिङ, ड्रोन, रोवोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, कृत्रिम बौद्धिकता ९एआइ० र यसको प्रयोग ९एआइ एन्ड इट्स एप्लिकेसन० गरी १२ पेसा छन् । ब्युटिसियन ९सौन्दर्य० क्षेत्रमा विक्स ९कृत्रिम कपाल बनाउने० सौन्दर्यकर्मी, मेकअप एन्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने ९बार्बर० पेसा छन् ।

बिज्ञापन

विशेष क्षमता सहयोगी तालिम ९स्पेसल एविलिटी सपोर्ट स्किल० यस वर्ष थपिएको क्षेत्र हो । यसअन्तर्गत हाउस किपिङ् र केयर सर्भिस गरी २ वटा पेसाका तालिम चलिरहेका छन् । हाउस किपिङ् बहिरा अपाङ्गता भएका बालबालिकाका सहजकर्ताका लागि हो भने केयर सर्भिस डाउन सिन्ड्रोम, अटिजम भएका बालबालिकाहरूको सहजकर्ताका लागि हो । इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एन्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयरिङ्, मोबाइल रिपेयरिङ् गरी ४ वटा पेसाका तालिम सञ्चालित छन् ।

गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ् गरी २ वटा पेसाका तालिम छन् । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ्, मेसन, वेल्डिङ् र कार्पेन्ट्री गरी ५ पेसाका तालिम छन् । हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र बेकरी गरी ४ पेसाका तालिम छन् । अटोमोवाइल्समा इलेक्ट्रिक भेहिकल (इभी) मेन्टिनेन्स, हलुका सवारी साधन उपकरण मर्मत ९लाइट भेहिकल मेसिन०, विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी ३ वटा पेसाका तालिम सञ्चालित छन् । आर्ट एन्ड स्कप्चरमा थाङ्का, सेरामिक्स ९टेराकोटा० गरी २ वटा पेसाका तालिम चलिरहेका छन् । यसै विधामा ज्योतिष र पुरोहितको पनि तालिम चलिरहेका छन् ।

कृषिमा फूलको सजावट (फ्लावर डेकोरेसन) सम्बन्धी तालिम चलेका छन् । यस्तै स्टक मार्केट सम्बन्धी तालिम चलिरहेको छ । एनसेल फाउन्डेसन र काठमाडौँ महानगर पालिकाबिचको यो सहकार्यले युवाहरूका लागि समावेशी अवसरहरू सिर्जना गर्ने तथा रोजगारीयोग्य सिप विकासमार्फत दिगो विकासमा योगदान दिने फाउन्डेसनको प्रतिबद्धता प्रतिबिम्बित गर्दछ ।

-एनसेल फाउन्डेसनबारे:
एनसेल फाउन्डेसन समाजमा सकारात्मक परिवर्तनका लागि एक उत्प्रेरकको रूपमा उभिएको छ । समुदायमा अर्थपूर्ण परियोजनाहरू मार्फत दिगो प्रभाव पार्ने मुलमन्त्रमा आधारित फाउन्डेसन, एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) पहल मात्र नभई देशभरका समुदायहरूलाई सशक्त र समावेशी बनाउनका लागि योगदान पुर्‍याउन प्रतिबद्ध रहेको छ ।

काठमाडौँ उपत्यकाजस्ता सहरी क्षेत्रदेखि लिएर पहाड र तराईका दूर दराजका गाउँसम्म, फाउन्डेसनले डिजिटल डिभाइड घटाउने, स्वास्थ्य र शिक्षामा पहुँच विस्तार गर्ने, र समावेशितालाई प्रवर्द्धन गर्ने जस्ता कार्यहरू मार्फत विकास र परिवर्तनका लागि कार्य गर्दै आएको छ । आम जनमानससँगमात्र नभई सामाजिक हितका उद्देश्य, संस्कृति र विकाससँग पनि गहिरो रूपमा जोडिन फाउन्डेसन प्रतिबद्धता रहेको छ ।

हालसम्म २ अर्ब रुपैयाँभन्दा बढीको सामाजिक योगदान दिँदै, एनसेलले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा १ करोड ३० लाखभन्दा बढी मानिसको जीवनमा विभिन्न सामाजिक पहलमार्फत सकारात्मक प्रभाव पारेको छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते