होमपेज > गभर्नर पौडेलद्धारा चार कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

गभर्नर पौडेलद्धारा चार कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले दुई रिक्त कार्यकारी निर्देशक पदमा बढुवा गरि चार जना कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका छन्। राष्ट्र बैंकमा कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ र तुलसी घिमिरे गत जेठ १० गतेदेखि अनिवार्य अवकास भएका थिए।

बिज्ञापन

अवकास भएका कार्यकारी निर्देशक श्रेष्ठको ठाउँमा निर्देशक डा। डिल्लीराम पोखरेल र घिमिरेको ठाउँमा निर्देशक दिर्घराज रावलको बढुवा भएको छ। बढुवा भएका कार्यकारी निर्देशक डा। पोखरेललाई बैंकिङ विभाग र रावललाई बैंक सुपरिवेक्षण विभागको प्रमुखको जिम्मेवारी दिइएको छ।

बिज्ञापन

बैंक सुपरिवेक्षण विभाग जस्तो महत्वपूर्ण विभाग सिनियर कार्यकारी निर्देशकलाई दिनुपर्नेमा भर्खरैमात्र बढुवा भएका कार्यकारी निर्देशक रावलले पाएका छन। रावल यसअघि मुद्रा व्यवस्थापन विभागको निर्देशक थिए। यी दुबै कार्यकारी निर्देशकहरूले हिजो जेठ २० गतेबाट नै जिम्मेवारी सम्हालेका छन।

यसै गरि राष्ट्र बैंकले थप अन्य दुई विभागका कार्यकारी निर्देशकहरूको पनि विभागिय जिम्मेवारी हेरफेर गरेको छ। सुपरिवेक्षण विभाग प्रमुख रहेका राष्ट्र बैंकका प्रवक्ता रामु पौडेललाई गभर्नर डा।पौडेलले मुद्रा व्यवस्थापन विभाग प्रमुख बनाएका छन्। मुद्रा व्यवस्थापन विभाग प्रमुख रहेका कार्यकारी निर्देशक प्रदीपराज पौडेललाई सूचना तथा प्रविधि विभागको प्रमुख बनाएका छन।

बिज्ञापन

यसअघि गभर्नर पौडेलले आर्थिक अनुसन्धान विभाग, मानव संशाधन व्यवस्थापन विभाग, बैंकिङ विभाग र गभर्नर कार्यालयमा कार्यकारी निर्देशक परिवर्तन गरेका थिए । अनुसन्धान विभागमा रहेका कार्यकारी निर्देशक डा। गुणाकर भट्टलाई गभर्नर कार्यालयमा सरूवा गरि ल्याइएको थियो ।

मानव संशाधन व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा। रामशरण खरेललाई आर्थिक अनुसन्धान विभागको प्रमुख बनाइएको थियो । यस्तै, बैंकिङ विभागको कार्यकारी निर्देशक रहेका विश्रुत थापालाई मानव संशाधन व्यवस्थापन विभागको जिम्मेवारी दिइएको थियो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते