प्रहरीले करिब एक सय किलो गाँजासहित एक जनालाई हेटौँडा १९ नेवारपानीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे धुलिखेल नगरपालिका-१२ शंखु ओखरकोट बस्ने २९ वर्षीय किरण वाग्ले रहेका छन् ।
बिज्ञापन
इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३-०१-०२४ च ६३६१ नम्बरको पिकअप भ्यानलाई जाँच गर्ने क्रममा खाली क्रेटहरूको बिचमा लुकाई छिपाई ल्याएको ११ वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारेको थियो ।
बिज्ञापन
वाग्लेलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।








