नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन् ।
बिज्ञापन
साहले सोमबार पाार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएका हुन् । स्रोतका अनुसार साहमाथि नैतिक चरित्र ९यौन विचलन० सम्बन्धी गम्भीर आरोप लागेपछि दलको नेताबाट हटाउन बहुमत सांसदले दबाब दिंदै आएका थिए । मधेशमा माओवादीका ९ जना सांसद रहेका छन् ।








