होमपेज > नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल विश्वविद्यालयबीच सहकार्य हुने

नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल विश्वविद्यालयबीच सहकार्य हुने

बिज्ञापन
बिज्ञापन

नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल विश्वविद्यालयबीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

बिज्ञापन

महासङ्घ सचिवालयमा भएको भेटवार्तामा विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सीप विकास, र रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै उद्योग–व्यवसायको आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन गर्न सकिने लगायतका विषयमा छलफल भएको थियो । यस्तै महासङ्घ र विश्वविद्यालय बिच पाठ्यक्रम विकास, तालिम कार्यक्रम, र संयुक्त परियोजनाहरूको सम्भाव्यताका विषयमा थप छलफल गर्ने समझदारी भएको छ ।

बिज्ञापन

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले यो सहकार्यले निजी क्षेत्र र शैक्षिक संस्थाहरूबिचको खाडललाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । “उद्योग–व्यवसायले चाहेको दक्ष जनशक्ति उत्पादन गर्न र युवाहरूलाई रोजगारीका अवसरहरू प्रदान गर्न यो सहकार्य फलदायी हुनेछ । यस्तो सहकार्यका लागि हामी सकारात्मक नै छौँ,” उनले भने ।

विश्वविद्यालयका कुलपति डा।विन्दुनाथ लोहनीले यो सहकार्यले नेपालको शैक्षिक प्रणालीलाई विश्व बजारसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।“हाम्रो लक्ष्य विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक सीप र उद्यमशीलताको भावना प्रदान गर्नु हो । महासङ्घसँगको सहकार्यले त्यो लक्ष्य प्राप्तिमा ठुलो योगदान दिनेछ भन्ने हाम्रो विश्वास हो,” डा।लोहनीले भने ।

बिज्ञापन

यस्तै विश्वविद्यालयका उपकुलपति डा।अर्जुन कार्कीले सीपयुक्त, दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन विश्वविद्यालयको मुख्य उद्धेश्य रहेको उल्लेख गर्दै त्यसको लागि महासङ्घसँगको सहकार्य आवश्यक रहेको बताए। सो अवसरमा दुवै पक्षले संयुक्त अनुसन्धान र नवप्रवर्तन,उद्यमशीलता विकास विद्यार्थीको इन्टर्नसिप र रोजगारीका अवसरहरू सिर्जना जस्ता विषयमा सहकार्य गर्न सकिने कुरामा जोड दिएका थिए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते