सरकारले निजामती कर्मचारीले पाउँदै आएको महँगी भत्तावापतको रकम ५ हजार रूपैयाँ वृद्धि गरेको छ।
बिज्ञापन
यद्दपी सरकारले आधारभूत तलब चाहिँ वृद्धि गरेको छैन। संघीय संसदमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले श्रोतको अभावका कारण तलब वृद्धि गर्न नसकिएको बाध्यता जाहेर गरे।
बिज्ञापन
तीन वर्षअघि कर्मचारीको तलब वृद्धि गरिएको थियो।








