नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको छ।
बिज्ञापन
जेठ ११ गते बसेको बैंक सञ्चालक समितिको बैठकले समीक्षा पारित गरेसँगै समीक्षा सार्वजनिक गरिएको हो । समीक्षामार्फत राष्ट्र बैंकले शेयर धितो कर्जाको जोखिम भार घटाउने निर्णय गरेको छ। यसबाट पुँजी बजारमा कर्जाको पहुँच सहज हुने र लगानीकर्ताको मनोबल उच्च हुने अपेक्षा गरिएको छ।समीक्षामा विदेशी लगानी आकर्षित गर्न र लगानीमैत्री वातावरण बनाउने प्रयास स्वरूप कानुनी तथा नियामक संरचना परिमार्जन गरिएको उल्लेख छ।
बिज्ञापन
यसै क्रममा राष्ट्र बैंकले ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९’ र ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५’ मा हालै भएका संशोधनका प्रावधानहरूलाई समावेश गर्दै ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ जारी गर्ने तयारी गरेको छ।








