नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई विकास बैंकहरूलाई ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएको छ। बोर्डले नेपाल एसबीआई बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई संयुक्तरूपमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएको हो।
बिज्ञापन
नेपाल एसबीआई बैंकले कुल ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेछ। यसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सार्वजनिक निष्कासनमार्फत र बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट (private placement) बिक्री गरिनेछ। यो ऋणपत्रको अवधि १० वर्ष हुनेछ र यसमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रस्ताव गरिएको छ। ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड ले लिएको छ।
बिज्ञापन
त्यसतै बोर्डले शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउन लागेको छ। यसमा ४० करोड रुपैयाँको हिस्सा सार्वजनिक निष्कासनमार्फत र ६० करोड रुपैयाँको हिस्सा निजी तवरबाट बिक्री गरिनेछ। यो ऋणपत्रको अवधि पनि १० वर्षकै हुनेछ र प्रस्तावित वार्षिक ब्याजदर ८ प्रतिशत तोकिएको छ। यसको बिक्री तथा निष्कासन प्रबन्धकको जिम्मा एनआइएमबि एस क्यापिटल लिमिटेड लाई दिइएको छ।








