होमपेज > धनुषाधाममा राष्ट्रिय वाणिज्य बैंकको २९७ औं शाखा विस्तार

धनुषाधाममा राष्ट्रिय वाणिज्य बैंकको २९७ औं शाखा विस्तार

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो २९७ औं शाखा कार्यालय धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ मा विस्तार गरी शनिबारदेखि औपचारिक रूपमा बैंकिङ सेवा सुरु गरेको छ।

बिज्ञापन

नव–स्थापित शाखाको उद्घाटन नगरप्रमुख वालेश्वर मण्डल र बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुंगानाले संयुक्त रूपमा ताम्रपत्र अनावरण तथा रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा नगरप्रमुख मण्डलले धनुषाधाम क्षेत्रलाई पर्यटन र कृषि सम्भावनायुक्त क्षेत्रका रूपमा चिनाउँदै राष्ट्रिय बैंकले यस क्षेत्रमा लगानी विस्तार गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे । साथै, राष्ट्र बैंकमा सरकारको पूँजी रहेकोले यसलाई ‘जनताको बैंक’ का रूपमा जनतासँग अझ सशक्त रूपमा जोडिनुपर्ने बताए।

बिज्ञापन

बैंकका प्रमुख कार्यकारी अधिकृत दवेन्द्ररमण खनालले ७७ वटै जिल्लामा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित शाखा विस्तार भइरहेको जानकारी दिए। उनले दक्ष जनशक्ति र प्रविधिमा आधारित सेवा प्रणालीमार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्न बैंक पूर्ण रूपमा सक्षम रहेको उल्लेख गरे।

समारोहमा प्रभातफेरी, नगर परिक्रमा लगायत विविध कार्यक्रमहरू आयोजित गरिएका थिए। अध्यक्ष ढुंगानाको सभापतित्वमा भएको कार्यक्रमको संचालन संगम महतले गरेका थिए । कार्यक्रममा उपप्रमुख विद्यादेवी भुजेल, वडा अध्यक्ष, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, मधेश प्रादेशिक प्रबन्धक कमलेश ठाकुर, कम्पनी सचिव प्रमोद अधिकारी, उद्योगी, व्यवसायी, समाजसेवी, राजनीतिक प्रतिनिधिहरू तथा स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

बिज्ञापन

हाल राष्ट्रिय वाणिज्य बैंकको सातै प्रदेश र ७७ वटै जिल्लामा २९७ शाखा, ३१२ एटिएम, र ९९ शाखारहित बैंकिङ सेवा सञ्चालित रहेका छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते