राजावादीको पक्षमा प्रदर्शनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबराविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ ।
बिज्ञापन
जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए ।
बिज्ञापन
२०८१ चैत १५ मा भएको प्रदर्शनमा सहभागी ६५ जनालाई प्रतिवादी कायम गरिएको छ ।








