साताको पहिलो दिन नेप्से परिसूचक ८.९७ अंकले घटेर २६७९.९८ को विन्दुमा कायम भएको छ ।
बिज्ञापन
नेप्सेमा कारोबार भएका ९९ कम्पनीको शेयर मूल्य बढ्दा १४८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ३१४ कम्पनीको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६० करोड माथिको सेयर कारोबार भएको छ ।
बिज्ञापन
यसदिन सबैभन्दा धेरै राधि विद्युत कम्पनीको ७१ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि युनिभर्सल पावरको ३० करोड ३१ लाख रुपैयाँ र ङादी ग्रुप पावरको २९ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
ओम मेगाश्रीका लगानीकर्ताले आज सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । यस दिन सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले ८।१६ प्रतिशतका दरले गुमाएका छन् ।








