होमपेज > हुन्डाई इलेक्ट्रिक गाडीहरूमा आकर्षक प्रि बजेट छुट योजना सार्वजनिक: यस्ता छन् विशेषता

हुन्डाई इलेक्ट्रिक गाडीहरूमा आकर्षक प्रि बजेट छुट योजना सार्वजनिक: यस्ता छन् विशेषता

बिज्ञापन
बिज्ञापन

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना लोकप्रिय हुन्डाई इलेक्ट्रिक गाडीहरूमा आकर्षक प्रि बजेट छुट योजना सार्वजनिक गरेको छ ।

बिज्ञापन

यो अफर १९ मे २०२५ देखि २८ मे २०२५ सम्म लागू हुनेछ । यस योजनाले ग्राहकहरूलाई हुन्डाई कोना इलेक्ट्रिक, पुरस्कार९विजेता आयोनिक ५, र क्रेटा ईभीमा उल्लेख्य बचत गर्दै दिगो यातायात अपनाउने उत्कृष्ट अवसर प्रदान गर्नेछ ।

बिज्ञापन

यो विशेष प्रवर्द्धनात्मक योजना नेपाली उपभोक्ताहरूका लागि इलेक्ट्रिक ड्राइभिङमा रूपान्तरणलाई अझ बढी पहुँचयोग्य र फाइदाजनक बनाउन डिजाइन गरिएको हो । यस योजना अन्तर्गत, नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आयोनिक ५, र क्रेटा ईभी खरिद गर्ने ग्राहकहरूले विभिन्न प्रोत्साहनहरूको विस्तृत प्याकेज प्राप्त गर्नेछन् ।

-प्रि बजेट छुट योजनाका मुख्य विशेषताहरू यस प्रकार छन् :

बिज्ञापन

-निःशुल्क बीमा : ग्राहकहरूले आफ्नो नयाँ हुन्डाई ईभीका लागि निःशुल्क बीमा सुविधा पाउनेछन्, जसले गाडी शोरुमबाट निकाल्ने बित्तिकै मानसिक शान्ति प्रदान गर्नेछ।

-निःशुल्क रोड ट्याक्स : ग्राहकहरूले निःशुल्क रोड ट्याक्स (सडककर) पनि प्राप्त गर्नेछन्।

-आकर्षक नगद छुट : तीनवटै मोडेलहरूमा विशेष नगद छुट प्रदान गरिनेछ, जसले यी अत्याधुनिक इलेक्ट्रिक गाडीहरूलाई पहिलेभन्दा अझ किफायती बनाउनेछ।

यो प्रि बजेट योजना ग्राहकहरूलाई फाइदाजनक खरिदको अवसर प्रदान गर्ने एक सक्रिय पहल हो। सम्भावित खरिदकर्ताहरूलाई प्रत्येक मोडेलमा उपलब्ध विशेष अफरहरू बारे थप जानकारी लिन र आफ्नो मनपर्ने हुन्डाई इलेक्ट्रिक गाडी बुक गर्न नजिकको हुन्डाई शोरुम भ्रमण गर्न कम्पनीले आग्रह गरेको छ।

हुन्डाईसँग इलेक्ट्रिक क्रान्तिमा सामेल भई अतुलनीय बचत र लाभहरूको आनन्द लिने यो अवसर नगुमाउनुहोस्। यो अफर सीमित अवधिका लागि मात्र मान्य छ।

लक्ष्मी हुन्डाईले RE-Lax चार्जिङ नेटवर्क विस्तार गरी ईभी इकोसिस्टमलाई थप सुदृढ पार्दै लगेको छ। हाल देशभर विभिन्न स्थानहरूमा DC र AC दुवै प्रकारका गरी कुल ६६ सक्रिय चार्जरहरू रहेका छन्। यसले ग्राहकहरूलाई उस्तै विश्वसनीय सेवा, पार्टपुर्जाको उपलब्धता, र बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते