होमपेज > नेपाल टेलिकमले कमायो २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा

नेपाल टेलिकमले कमायो २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा

बिज्ञापन
बिज्ञापन

नेपाल टेलिकमको नाफा ४८.६ प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा टेलिकमले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बिज्ञापन

गत वर्षको यसै अवधिमा यस्तो नाफा ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ थियो । कम्पनीको आम्दानी नै घटेपछि नाफामा असर परेको हो । मुख्यतः ब्याजवापतको आम्दानीमा उच्च गिरावट आएको छ । ठूलो रकम निक्षेपमा लगानी गरेको टेलिकमको ब्याज आम्दानी ४६ प्रतिशत घटेको छ । पहिले ब्याजवापत ५ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले अहिले २ अर्ब ८० करोड ३५ लाख आम्दानी गरेको छ ।

बिज्ञापन

ग्राहकबाट संकलन भएको आम्दानी भने सन्तुलित छ । पहिले यस्तो आम्दानी २५ अर्ब ४८ करोड रहेकोमा अहिले २५ अर्ब ३१ करोड रुपैयाँ छ । ब्याज आम्दानी घट्दा कुल आम्दानी नै घटेको छ । कुल आम्दानी पहिले ३१ अर्ब २० करोड रुपैयाँ रहेकोमा अहिले २८ अर्ब ४३ करोड रुपैयाँमा झर्‍यो ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । वार्षिक प्रतिसेयर आम्दानी जम्मा २१ रुपैयाँ ५ पैसामा खुम्चिएको छ । गत वर्ष वार्षिक प्रतिसेयर आम्दानी ४१ रुपैयाँ थियो ।

बिज्ञापन

१८ अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७२ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५०३ रुपैयाँ ९३ पैसा छ । आइतबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ८७० रुपैयाँ छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते