होमपेज > एशियन लाइफको वित्तीय विवरण प्रकाशित: खुद नाफासँगै ईपीएस पनि बढ्यो

एशियन लाइफको वित्तीय विवरण प्रकाशित: खुद नाफासँगै ईपीएस पनि बढ्यो

बिज्ञापन
बिज्ञापन

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ३३ करोड ४७ लाख रूपैयाँ खुद नाफा गरेको छ।

बिज्ञापन

गत आर्थिक वर्षको यसै अवधिसम्म २० करोड ९८ लाख रूपैयाँ खुद नाफा गरेको इन्स्योरेन्स कम्पनीले गत वर्षको तुलनामा यस वर्ष ५९.५१ प्रतिशत बढी खुद नाफा गर्न सफल भएको हो। खुद नाफा बढेसँगै इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ४.९० रूपैयाँले वृद्धि भएको छ। इन्स्योरेन्स कम्पनीको ईपीएस गत वर्ष ८.२३ रूपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर १३.१३ रूपैयाँ पुगेको छ।

बिज्ञापन

त्यस्तै गत वर्ष इन्स्योरेन्स कम्पनीले ५ अर्ब ६१ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षमा १३.६१ प्रतिशतले वृद्धि भएर ६ अर्ब ३७ करोड रूपैयाँ नाघेको छ। यस वर्ष इन्स्योरेन्स कम्पनीको कुल आम्दानी ७.३५ प्रतिशतले बढ्दा कुल खर्च ६.८० प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ। इन्स्योरेन्स कम्पनीको कुल आम्दानी ८ अर्ब ६० करोड रूपैयाँबाट बढेर ९ अर्ब २३ करोड रूपैयाँ नाघेको छ भने कुल खर्च पनि ७ अर्ब ९१ करोड रूपैयाँबाट बढेर ८ अर्ब ४५ करोड रूपैयाँ नाघेको छ।

चुक्त पूँजी ३ अर्ब ३९ करोड ९८ लाख रूपैयाँ रहेको इन्स्योरेन्स कम्पनीको महाविपत्ति कोषमा २६ करोड रूपैयाँ र जगेडा कोषमा ६३ करोड ८८ लाख रूपैयाँ सञ्चिति रहेको छ।

बिज्ञापन

इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष गत वर्ष ४१ अर्ब ३ करोड रूपैयाँ रहेकोमा चालू आवमा ११.२१ प्रतिशतले बढेर ४५अर्ब ६३ करोड रूपैयाँ नाघेको छ। इन्स्योरेन्स कम्पनीको प्रतिशेयर नेटवर्थ १२८.५७ रूपैयाँ रहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते