होमपेज > रिड्डारा RD6 EV पिकअपद्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक: जुनसुकै पुराना गाडीसँग साट्न पाइने

रिड्डारा RD6 EV पिकअपद्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक: जुनसुकै पुराना गाडीसँग साट्न पाइने

बिज्ञापन
बिज्ञापन

नेपालमा ‘रिडारा’ को आधिकारिक वितरक सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा ‘EVolve to RIDDARA Xchange’नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ, जसले नेपालमा विद्युतीय सवारी साधनको प्रवर्द्धनमा नयाँ गति थप्ने विश्वास लिएको छ।

बिज्ञापन

यो सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर शक्तिशाली र बहुप्रशंसित भ्ख् पिकअप रिड्डारा केवल २० प्रतिशत डाउनपेमेन्टमा प्राप्त गर्न सक्नेछन्। गीली अटो ग्रुपको विश्वस्तरीय प्रविधि र सिजी मोटर्सको दिगोपनप्रतिको प्रतिबद्धता समेटिएको रिड्डारा, दक्षता र व्यवहारिकताको आदर्श संयोजन हो। ४२४ किलोमिटरको उत्कृष्ट रेंज र ७३ किल оват-आवरको शक्तिशाली ब्याट्री क्षमता सहित यो पिकअप आफ्नो सेग्मेन्टमा अब्बल स्थानमा रहेको छ।

बिज्ञापन

नेपालको बहुआयामिक भूगोललाई सहजै पार गर्न सक्षम बनाउँदै रिड्डारामा स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट जस्ता ७ वटा सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका ड्राइभिङ मोडहरू छन्। साथै, ५४० डिग्री सराउण्ड भ्यु क्यामेराले सुरक्षालाई अझ बलियो बनाउँदै पूर्ण दृश्य प्रदान गर्दछ, जसले चालकलाई विश्वस्त र सहज अनुभव दिलाउँछ।

बिज्ञापन

यस योजनालाई अझ आकर्षक बनाउन, कम्पनीले नगद छुट, अतिरिक्त एक्सचेन्ज बोनस, निःशुल्क एसेसोरी, एक वर्षको बीमा, निःशुल्क ७ किलोवाट चार्जर, र एक वर्षको सडक कर निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ, जसले ग्राहकको लगानीमा अधिकतम मूल्य प्रदान गर्दछ।

रिड्डाराले चीनमा नम्बर १ EV पिकअपको मान्यता प्राप्त गरिसकेको छ, भने यसको निर्माणकर्ता गीली अटो ग्रुप चीनका शीर्ष १० अटोमोबाइल कम्पनीहरूमध्ये एक हो। यसले रिड्डाराको विश्वसनीयता र गुणस्तरमा अन्तर्राष्ट्रिय स्तरमा विश्वास दिलाउँछ।

सिजी मोटर्सले यो पहल मार्फत नेपालमा विद्युतीय सवारीको भविष्यलाई नयाँ उचाइमा पुर्‍याउँदै, आम नागरिकलाई वातावरणमैत्री, स्मार्ट र दीर्घकालीन समाधान अँगाल्न प्रेरित गरिरहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते