होमपेज > एमाले प्रवेश गरेका बोहरा टिकट नपाएपछि पुनः कांग्रेसमै फर्किए

एमाले प्रवेश गरेका बोहरा टिकट नपाएपछि पुनः कांग्रेसमै फर्किए

बिज्ञापन
बिज्ञापन

बुढीनन्दा नगरपालिकाकाका उपप्रमुख रामबहादुर बोहरा पुनः नेपाली कांग्रेसमै फर्किएका छन् । पालिकामा कांग्रेसबाट टिकट नपाएपछि बोहरा रिसाएर नेकपा एमाले प्रवेश गरेका थिए । २०७९ सालको स्थानीय तह निर्वाचनमा नगर उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने शर्तसहित उनी एमाले प्रवेश गरेका थिए ।

बिज्ञापन

बोहरालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वागत गरेका छन् । बाजुराका कांग्रेस नेताहरूको उपस्थितिमा फर्किएका बोहराको स्वागतमा पदम गिरीको उपस्थिति भने देखिएन । कांग्रेस बाजुरा सभापति रामसिंह रावल, नेताहरू जनकराज गिरी, कविराज पण्डित, महा नेपाली, जुना दानी, चक्र शाहसहित प्रवेश कार्यक्रमका सहभागी थिए ।

बिज्ञापन

तत्कालीन नेपाली कांग्रेस निर्वाचन क्षेत्र प्रदेश ‘क’ का क्षेत्रीय कार्यसमिति सभापतिसमेत रहेका बोहराले जित लगत्तै कांग्रेस फर्किने मनसायमा थिए । नेपाली कांग्रेसले समेत बेवास्ता गरेपछि एमालेमै अढाई वर्ष बिताएका थिए । तत्कालीन नगर प्रमुख पदम गिरीलाई नै कांग्रेसले टिकट दिएपछि बोहरा बिच्किएका थिए । आफूले टिकट पाउने, उपप्रमुखमा एमालेसँगै मिलेर जित्ने र पदम गिरीलाई जसरी पनि हराउने नियतका साथ बोहरा एमाले प्रवेश गरेका थिए । त्यो बेला नेकपा एमालेको पक्षमा बढ्दो लहर र कांग्रेस नेतृत्वको ५ वर्ष नगर सरकारको कार्यकालदेखि हैरान बनेका स्थानीयले भारी अन्तरले नगर प्रमुख र उपप्रमुख दुबैलाई जिताएका थिए ।

एमालेको तर्फबाट उम्मेदवार बनेका जनककुमार बोहराले पदम गिरीलाई १८ सय बढी मत अन्तरले हराएका थिए । गुलाब चिह्नबाट स्वतन्त्र बनेर एमालेको सहयोगमा जितेका बोहराले पनि कांग्रेसकै रीता शाहीविरुद्ध शानदार जित दर्ता गराएका थिए । तीन दशक नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बोहरा नेकपा एमालेमा सहज समायोजन हुन सकेनन् । एमालेका नेता कार्यकर्ताले दिनु पर्ने मान सम्मान र स्थान नदिएको गुनासो बोहराको थियो । गत जेठमा सम्पन्न नेकपा एमाले बाजुराको आठौं जिल्ला अधिवेशनमा पदाधिकारी बन्ने चाहना राखेका बोहरालाई नपत्याएको उनको आक्रोश थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते