मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्टार्टअप र नयाँ उद्यमी केन्द्रित विशेष वित्तीय साक्षरतामूलक कार्यक्रम आयोजना गरेको छ ।
बिज्ञापन
कार्यक्रमको उद्देश्य उद्यमीलाई वित्तीय व्यवस्थापन, बैंकिङ सेवा पहुँच, व्यावसायिक योजना तयारी, बजार व्यवस्थापनका रणनीति तय गर्ने, व्यक्तिगत बजेट, नगद प्रवाह, कर्जा परिचालन तथा ग्राहकको अधिकार लगायत विषयमा साक्षर गराउनु थियो । यस कार्यक्रममा २६ जना स्टार्टअप तथा युवा उद्यमीको उत्साहजनक सहभागिता थियो । यस कार्यक्रम मार्फत उद्यमीहरूलाई वित्तीय ज्ञान प्रयोग गरेर व्यापार–व्यवसाय अझ दिगो बनाउने मार्गदर्शन मिल्ने बैंकको विश्वास छ ।
बिज्ञापन
नेपाली युवालाई सशक्त बनाई बैंकले सामाजिक उत्तरदायित्व आत्मसाथ गरेको बैंकको धारणा रहेको छ । बैंकले हालै ‘मोबाइल एक फाइदा अनेक’ लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा जस्ता कार्य बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।








