होमपेज > नाडाले इन्स्योर परियोजनासँगको सहकार्यमा गर्‍यो व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न

नाडाले इन्स्योर परियोजनासँगको सहकार्यमा गर्‍यो व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न

बिज्ञापन
बिज्ञापन

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले इन्स्योर परियोजनासँगको सहकार्यमा मिति २०८२ वैशाख २४ र २५ गते व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी दुई दिने तालिम कार्यक्रम ललितपुरमा सफलतापूर्वक सम्पन्न गरेको छ ।

बिज्ञापन

सो तालिमले अटोमोबाइल वर्कशपहरुमा शुरक्षा, स्वास्थ्य र कल्याण सम्बन्धी चेतना र व्यवहारमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्य राखेको थियो । विभिन्न प्राविधिक पृष्ठभूमिका व्यक्तिहरु सहभागी भएको सो तालिम कार्यक्रममा जोखिम व्यवस्थापन लगायत कार्यस्थलका जोखिमहरू, त्यसको रोकथामका रणनीतिहरू र अटोमोबाइल उद्योगमा शुरक्षा संस्कृतिहरुका सम्बन्धमा जानकारीहरु प्रदान गरिएको थियो ।

बिज्ञापन

नाडाका १२ सदस्य कम्पनीहरुबाट २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको सो तालिम कार्यक्रममा नेपालका ओ।यस।यच। विज्ञ दिनेशप्रसाद साहले प्रशिक्षण दिनु भएको थियो । नाडाले इन्स्योर परियोजनासँगको सहकार्यमा यस किसिमको तालिम कार्यक्रम पहिलो पटक आयोजना गरेको हो । इन्स्योरसंगको सहकार्यमा नाडाले दुई बर्ष अघि देखि अटोमोवाइलसंग सम्बन्धित विभिन्न विषयहरुमा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका तालिम कार्यक्रमहरु सञ्चालन गरेको हो ।

तालिमको अन्तिम दिन नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल तथा इन्स्योर परियोजनाका डेपुटी टिम लिडर संजिव कुमार राईले २० जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गर्नु भएको थियो । सो समापन कार्यक्रममा नाडाका केन्द्रिय कार्य समिति सदस्य प्रदिपमान प्रधान र इन्स्योर परियोजनाका निजी क्षेत्र संलग्नता विशेषज्ञ लोक राज जोशी समेतको उपस्थिति रहेको थियो । सो तालिम कार्यक्रमको संयोजन तथा व्यवस्थापन नाडाका तालिम कोओर्डिनेटर आरजु श्रेष्ठले गरेका थिए ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते