होमपेज > बैंकरहरूको मनोमानीले बैंकहरू अस्तव्यस्त भएको छ: आजपाका अध्यक्ष साह

बैंकरहरूको मनोमानीले बैंकहरू अस्तव्यस्त भएको छ: आजपाका अध्यक्ष साह

बिज्ञापन
बिज्ञापन

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले बैंकरहरूको मनोमानीले बैंकहरू अस्तव्यस्त भएको बताएका छन् ।

बिज्ञापन

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘बैंकरहरूको लुटको मनोमानीले आज बैंकरहरू अस्तव्यस्त भएको छ,’ उनले भने, ‘एकातिर आम जनताले कर्जा पाइरहेको छैन र अर्कोतिर बैंकमा पैसा थुप्रिएको छ ।’ तरलता प्रशोधनको नाममा राष्ट्रबैंकले झण्डै २१ अर्ब ब्याज तिर्नुपरेको उनको भनाइ छ । जनताले ब्याजमा पैसा नपाउने र जनताकै पैसाबाट बैंकलाई ब्याज दिनुपर्ने अवस्था रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

बिज्ञापन

सरकारले गर्भनर समेत नियुक्त गर्न नसकेकोमा उनले खबरदारी गरे । सत्तारुढ पार्टीहरूको आन्तरिक द्वन्द्वका कारण गर्भनर नियुक्त हुन नसकेको भनेर टिप्पणी भइराखेको पनि उनले स्मरण गराए । यस्तो परिस्थितिले देशको अर्थतन्त्रलाई असर गर्ने उनको भनाइ छ । अर्थतन्त्र सुधार गर्न बैंकिङ अवस्थामा समेत सुधार आउन आवश्यक रहेको बताएका सांसद साहले बैंकरहरूले विदेशमा पैसा लाने गरेको आरोपसमेत लगाए ।

ब्याज र सेवा शुल्कका नाममा बैंकले आफूखुसी निर्णय लिने गरेको बताए । एउटा बैंकको वालेटबाट अर्को वालेटमा पैसा ट्रान्सफर गर्दा झण्डै १२ रुपैया लाग्ने गरेको भन्दै उनले यस्तो कार्य बन्द गरिनुपर्ने माग गरे ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते