होमपेज > जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बिज्ञापन
बिज्ञापन

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

बिज्ञापन

गएराति १०:१० बजे पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१ सिद्देश्वर असारेस्थित भित्री कच्ची सडकमा असारेबाट ठूलापोखरी जाँदै गरेको लु १ ज २३७७ नम्बरको जिप अनियन्त्रित सडकबाट खस्दा तीन जनाको मृत्यु भएको हो।

बिज्ञापन

मृत्यु हुनेमा असारेका २३ वर्षीय जनक रेग्मी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनिल मल्लले जानकारी दिए। जिप सडकबाट झन्डै २ सय मिटर तल खसेको थियो। दुर्घटनामा दुई जना घाइते भएका छन्।

घाइतेहरूमा जिप चालक जिल्ला पाल्पा रैनादेवी छहरा गाउँपालिका(१ साउने बस्ने २७ वर्षीय रन्जन रेग्मी र असारेकै २३ वर्षीय सरोज बुढा छन्। उनीहरूको मिसन अस्पतालमा उपचार भइरहेको डिएसपी मल्लले जानकारी दिएका छन्। चालक रेग्मीको अवस्था गम्भीर छ। बुढाको अवस्था मध्यम छ।

बिज्ञापन

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते