होमपेज > म्याक्सस ब्रान्डका ईभी पिकअप र एमपीभी हिमालय मोट्रक्सले बिक्री गर्ने

म्याक्सस ब्रान्डका ईभी पिकअप र एमपीभी हिमालय मोट्रक्सले बिक्री गर्ने

बिज्ञापन
बिज्ञापन

चिनियाँ ब्रान्ड म्याक्ससका दुई ईभी मोडल ईटेरोन पिकअप र मिफा एमपीभी हिमालय मोट्रक्सले बिक्री वितरण गर्ने भएको छ ।म्याक्सस मिफा र अन्य केही मोडल भित्राएको पारामाउन्ट मोटर्सले भने अब यो ब्रान्डको कारोबार भने नगर्ने बताएको छ ।

बिज्ञापन

हिमालय मोट्रक्सले बिक्री गर्ने दुई मोडलको बिक्री मूल्य समेत सार्वजनिक भएको छ । म्याक्सस ईटेरानो पिकअपको मूल्य ९९ लाख ९० हजार र मिफा एमपीभएको मूल्य १ करोड २४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । केही समयका तोकिएको यो मूल्य पछि बढाउने बताइएको छ ।

बिज्ञापन

पाँच जना बस्न मिल्ने म्याक्सस ईटेरानो पिकअपमा हिटेड सिट समेत भएकाले लामो यात्राका लागि समेत उपयोगी छ । फोर ह्विल ड्राइभमा उपलब्ध सो पिकअपमा १०२ किलोवाट आवरको ब्याट्री रहेको छ, जसलाई ४२ मिनेटमा २० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

१९० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउन सकिने सो पिकअपले सिंगल चार्जमा ५६० किलोमिटर (एनईडीसी) रेन्ज दिने बताइएको छ । यसको फ्रन्टमा १२५ र रियरमा २०० किलोवाटको मोटर छ । २३० एमएम ग्राउन्ड क्लियरेन्स भएको ईटेरानो पिकअपमा सेफ्टीका लागि समेत ३६० डिग्री क्यामेरा, रियर र फ्रन्ट पार्किङ सेन्सर, एसीसी, आईसीए, लेन किप असिस्ट, इन्टेलिजेन्ट स्पिड लिमिट असिस्टेन्स लगायतका विभिन्न फिचर छन् ।

बिज्ञापन

त्यसैगरी म्याक्सस मिफामा भएको ९० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ६३५ किलोमिटर ९डब्लुएलटीपी० रेन्ज दिने बताइएको छ । यसमा १८० किलोवाटको मोटर छ । दुवै गाडीमा कम्पनीले पुरै गाडीमा ५ वर्ष वा १ लाख किलोमिटर र ब्याट्रीमा ८ वर्ष वा २ लाख किलोमिटर सम्मको वारेन्टी उपलब्ध गराउने बताएको छ ।

हिमालय मोट्रक्स नाडाका पूर्व अध्यक्ष ध्रुव थापाले सञ्चालन गरेको कम्पनी हो । हिमालय अर्गनाइजेसन अन्तर्गतको सो कम्पनीले फोर्स गाडीको कारोबार गर्नुका साथै दिपलको पोखराका लागि समेत डिलरको रुपमा कार्य गरिरहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते