शिखर इन्स्योरेन्सले सूचना सुरक्षा व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय गुणस्तर ISO/IEC 27001:2022 को प्रमाणपत्र प्राप्त गरेको छ । यस उपलब्धिले कम्पनीको संवेदनशील जानकारीको सुरक्षा, जोखिम व्यवस्थापन, तथा सूचना सुरक्षा प्रणालीप्रति उच्च प्रतिबद्धता दर्शाउने कम्पनीको भनाई छ ।
बिज्ञापन
प्रमाणपत्रले शिखर इन्स्योरेन्सको प्रणाली, सूचना सुरक्षा, नीति, र कार्यपद्धतिहरूले विश्वस्तरीय मापदण्डहरू पूरा गरेको पुष्टि गर्ने कम्पनीले जनाएको छ । ISO/IEC 27001:2022 ले कम्पनीको सूचना प्रणालीको व्यवस्थापन, कार्यान्वयन तथा निरन्तर सुधार तथा कम्पनीको जोखिम व्यवस्थापन नीतिमा कम्पनीको प्राथमिकता पुष्टि गर्नेछ ।
बिज्ञापन
शिखर इन्स्योरेन्स साइबर सुरक्षा लगायत हरेक किसिमको नविनतम जोखिमको व्यवस्थापन तथा निरन्तर सुधारमा सदैव अग्रसर रहँदै आइरहेको छ । यस सूचना प्रविधिको युगमा कम्पनीको सुचना प्रणालीको सुरक्षा तथा ग्राहकहरुले प्रदान गर्ने हरेक सूचनाको गोपनियता तथा सुरक्षा कायम गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ । साथै साइबर रिस्कको व्यवस्थापन गरी कम्पनीको सेवाको निरन्तरतालाई कायम गर्नु महत्वपूर्ण पाटोका रुपमा रहेको छ ।
ISO/IEC 27001:2022 ले कम्पनीको सुचना प्रणालीको सुरक्षा तथा कम्पनीको ग्राहकहरुको गोप्य सूचनाको सुरक्षाका साथै कम्पनीबाट प्रदान हुने उच्चस्तरको गुणस्तरीय सेवाको निरन्तरताको प्रत्याभुति प्रदान गर्दछ । यसले कम्पनी प्रति कम्पनीका ग्राहकहरूको थप विश्वास बढाउने हामीले महसुस गरेको कम्पनीको भनाई छ । यसले कम्पनी प्रति कम्पनीका ग्राहकहरूको थप विश्वास बढाउने विश्वास गरेको छ ।







