होमपेज > ३७.१२ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको नाफा

३७.१२ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको नाफा

बिज्ञापन
बिज्ञापन

ग्लोबल आइएमई बैंकले चैत मसान्सतम्म ४ अर्ब ५३ करोड ४० लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशतले धेरै हो ।

बिज्ञापन

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३० करोड ६५ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा बैंंकको इम्पेरमेन्ट चार्ज घटेर ३ अर्ब ११ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ५ अर्ब २६ करोड ४६ लाख रुपैयाँ रहेको थियो । यता बैंकको खुद ब्याज आम्दानी भने ५.४६ प्रतिशत घटेर १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा ३४.४१ प्रतिशत बढेर ६ अर्ब ३३ करोड ६६ लाखा रुपैयाँ रहेको छ । वितरणयोग्य नाफा ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

बिज्ञापन

३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २८ अर्ब २० लाख रुपैयाँ छ । ५ खर्ब १७ अर्ब ६६ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४ खर्ब १३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रति सेयर आम्दानी ३ रुपैयाँ ६६ पैसा बढेर १५ रुपैयाँ ८६ पैसा पुगेको छ । प्रति शेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते