होमपेज > यामाहा ‘ब्लू फेस्ट’ सम्पन्न, मोटरसाइकल महोत्सवमा हजारौंको सहभागिता

यामाहा ‘ब्लू फेस्ट’ सम्पन्न, मोटरसाइकल महोत्सवमा हजारौंको सहभागिता

बिज्ञापन
बिज्ञापन

काठमाडौंको भृकुटीमण्डपमा आयोजित यामाहा ब्लू फेस्ट, नेपालकै सबैभन्दा ठूलो दुईपाङ्ग्रे सवारी साधन एक्सचेन्ज इभेन्ट, आठ दिने सफल यात्रापछि सम्पन्न भएको छ। सुरुमा चैत्र २८ देखि वैशाख ३ गतेसम्म सञ्चालन गर्ने भनिएको कार्यक्रम ग्राहकहरूको अत्यधिक सहभागिताका कारण एक दिन थप गर्दै वैशाख ४ गतेसम्म लम्ब्याइएको थियो।

बिज्ञापन

कार्यक्रममा हजारौं मोटरसाइकल तथा स्कुटर पारखीहरू उपस्थित भएर यामाहाका विशेष अफरहरूको लाभ लिएका थिए। यामाहाले आफ्ना सवारीहरूमा न्यूनतम ५० हजार रुपैयाँको मूल्याङ्कन, अन्य ब्रान्डमा २५ हजार रुपैयाँको एक्सचेन्ज भ्यालुएसन, साथै थप १० हजार रुपैयाँ बोनससहितको अफर प्रदान गरेको थियो। त्यस्तै, ७.९९ प्रतिशत ब्याजदरमा ग्यारेन्टर नचाहिने फाइनान्सिङ सुविधा र केही मोडेलहरूमा ० प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा पनि उपलब्ध गराइएको थियो।

बिज्ञापन

ग्राहकबीच निकै लोकप्रिय बनेको “थ्रिल अफ थ्री” योजनाले कार्यक्रमको आकर्षण अझ बढाएको थियो। यस योजनाअन्तर्गत सहभागीहरूले सामाजिक सञ्जालमा सेयर गरेबापत नगद पुरस्कार जित्न सकेका थिए। कार्यक्रममा सहभागितामात्रबाटै ५० हजार रुपैयाँसम्मको छुट तथा सवारी खरिद गर्दा १ लाख रुपैयाँसम्मको नगद छुट जित्ने अवसरले उपभोक्ताको आकर्षण बढाएको थियो। साथै, प्रत्येक सवारी खरिदमा निस्शुल्क एक्सेसरिजहरू समेत प्रदान गरिएको थियो।

महोत्सवमा अफरहरू मात्र नभई विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू पनि आयोजना गरिएको थियो। सहभागीहरूले मनपर्ने यामाहा मोडेलहरूको टेस्ट राइड गरी रोमाञ्चक उपहार जित्ने मौका पाए भने इन्टरएक्टिभ गेम, फेस पेन्टिङ, लाइभ म्युजिक कन्सर्ट र डुअर प्राइजजस्ता कार्यक्रमहरूबाट सम्पूर्ण परिवारले रमाइलो अनुभव गर्न सके। कार्यक्रममा चर्चित कलाकार महेश काफ्ले र अस्मिता अधिकारीले प्रस्तुति दिएका थिए भने समापनको दिन काठमाडौं रेजर्स फुटबल टिमका खेलाडीहरूसँग विशेष मिट एण्ड ग्रिट सेसन पनि आयोजना गरिएको थियो।

बिज्ञापन

भृकुटीमण्डपमा सम्पन्न इभेन्ट सकिए पनि यामाहाको “थ्रिल अफ थ्री” योजना अझै पनि देशभरका सबै यामाहा डिलरशिपहरूमा उपलब्ध रहेको छ। ग्राहकहरूले यामाहाका सवारी साधन खरिद गर्दा ती अफरहरूमा सहभागी भई लाभ लिन सक्नेछन्। नेपालको दुईपाङ्ग्रे सवारी क्षेत्रमा अग्रणी भूमिका खेलिरहेको एमएडब्लू राइड्सअन्तर्गतको यामाहा नेपाल, नवप्रवर्तन, डिजाइन र सन्तुष्टिमा आधारित सेवाका कारण नेपालकै सबैभन्दा विश्वासिलो मोटरसाइकल ब्रान्डका रूपमा चिनिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते