होमपेज > कामना सेवा विकास बैंकको वित्तीय विवरण प्रकाशित

कामना सेवा विकास बैंकको वित्तीय विवरण प्रकाशित

बिज्ञापन
बिज्ञापन

कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कर्जा प्रवाह तथा निक्षेप संकलनमा वृद्धि देखिएको छ ।

बिज्ञापन

गत आर्थिक वर्षको तेश्रो त्रयमासमा ५९.०६ अर्ब रहेको निक्षेप वृद्धी भई यस आ.व.को तश्रो त्रयमास सम्ममा ६१.८९ अर्ब पुगेको छ । निक्षेपसँगै बैंकको कर्जा कारोबारमा पनि वृद्धी भएको छ । ग्राहकलाई प्रवाह गरेको कर्जा ४५.९८ अर्बबाट वृद्धि भई ४९.४७ अर्ब पुगेको छ ।

बिज्ञापन

समिक्षा अवधिमा बैंकले ४९ करोड ३१ लाख खुद मुनाफा आर्जन गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ८६.०७ प्रतिशत रहेको छ । सोही अवधिसम्ममा बैंकको कुल सम्पत्ति ७०.२७ अर्ब पुगेको छ । जुन अघिल्लो वर्ष सोही अवधिमा ६७.१९ अर्ब रहेको थियो । गत वर्ष ३.५५५ रहेको खराव कर्जामा वृद्धी भई ४.२७५ पुगेको छ । यद्यपी बैंकको निष्कृय कर्जा र कर्जा नोक्सानी व्यवस्थाको अनुपात १०४.६४५ रहेको छ ।

बैंकले यो वृद्धि वर्तमान आर्थिक चुनौतीहरूको बीचमा हासिल गरेको हो । ब्याजदर, बजार प्रतिस्पर्धा र साइबर सुरक्षाजस्ता विषयहरूका बाबजुद, कामना सेवा विकास बैंकले आफ्नो व्यवसायलाई विस्तार गर्न सक्षम देखिएको हो ।

बिज्ञापन

बैंकले गत साधारणसभावाट अविमोच्य अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरि नेपाल राष्ट्र बैंकवाट सोको स्वीकृती लिई नेपाल धितोपत्र वोर्ड समक्ष स्वीकृतीको लागि पेश गरिसकेको छ । देशभर १३० शाखा रहेको बैंकले डिजिटल प्रविधिमा आधारित भई विभिन्न वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते