होमपेज > वायुसेनाको विमान आकाशमै विस्फोट

वायुसेनाको विमान आकाशमै विस्फोट

बिज्ञापन
बिज्ञापन

पाकिस्तानको पन्जाब प्रान्तमा वायुसेनाको एउटा विमान दुर्घटनामा परेको छ।

बिज्ञापन

वायुसेनाको प्रशिक्षण विमानमा प्राविधिक खराबी आएपछि विस्फोट भएको थियो। त्यसपछि विमान एक खेतमा खसेको छ। सेनाले जानकारी दिए अनुसार विमानमा सवार दुवै जना पाइलट भने सुरक्षित रहेका छन् । उनीहरू विमानबाट बाहिर निस्कन सफल भएका थिए । दुवैलाई नजिकैको एक सैनिक अस्पतालमा भर्ना गरिएको छ ।

बिज्ञापन

अधिकारीहरूका अनुसार पाकिस्तान वायुसेना (पीएएफ)को मिराज V ROSE नामक प्रशिक्षण विमान मंगलबार लाहोरबाट करिब ३५० किलोमिटर दक्षिणपश्चिमतर्फ पर्ने वेहारी जिल्लाको उपनगरीय क्षेत्र रत्ता टिब्बाका खेतमा दुर्घटनाग्रस्त भएको हो । विमानले वेहारी शहर नजिकैको थिंगी एयरपोर्टबाट नियमित प्रशिक्षण उडान भरेको थियो । तर, केही समयमै प्राविधिक खराबीका कारण एक तेल डिपो नजिकै दुर्घटनामा परेको जनाइएको छ ।

स्थानीयले ठूलो विस्फोटको आवाज सुनेको बताएका छन् । त्यसपछिको दृश्यमा खेतमा बाक्लो धुवाँको मुस्लो देखिएको थियो । उद्धार टोली ११२२, सेना, प्रहरी र अन्य उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए । मिराज V ROSE  फ्रान्सेली मिराज ५ को परिमार्जित संस्करण हो, जुन सन् १९७० को दशकदेखि पाकिस्तान वायुसेनाको सेवामा छ । रेट्रोफिट अफ स्ट्राइक एलिमेन्ट  (ROSE) कार्यक्रममार्फत् यसको एभियोनिक्स र राडार प्रणालीमा सुधार गरिएको हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते