होमपेज > सर्वोच्चले प्रभु बैंकका सीईओ शेरचनको पक्षमा दियो अन्तरिम आदेश, निरन्तर कामका लागि बाटो खुल्ला

सर्वोच्चले प्रभु बैंकका सीईओ शेरचनको पक्षमा दियो अन्तरिम आदेश, निरन्तर कामका लागि बाटो खुल्ला

बिज्ञापन
बिज्ञापन

सर्वोच्च अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेका शेरचनलाई न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले कारण देखाउसहित अन्तरिम आदेश जारी गर्दै निरन्तर कामका लागि बाटो खोलेको हो । सर्बोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले अर्को आदेश नहुँदासम्म उहाँले काम गर्न पाउनु हुने बताउनु भयो ।

बिज्ञापन

उच्च अदालतको फैसलाअनुसार २०८२ सालको वैशाख ९ गतेबाट स्वतः अवकास पाउने भनिएका शेरचनलाई सर्वोच्चको आदेशले कार्यकाल पूरा गर्न पाउने बाटो खुलेको छ । सञ्चालक समितिले उनलाई २०७९ माघ १२ गतेदेखि चार वर्षका लागि सीईओमा नियुक्त गरेको थियो । सर्वोच्चको आदेशअनुसार अब उनले २०८३ माघ ११ गतेसम्म प्रभु बैंकको प्रमुख कार्यकारीको रुपमा काम गर्न पाउनेछन् ।

बिज्ञापन

शेरचनले प्रभु बैंकमा दुई कार्यकाल पूरा गरेपछि सेन्चुरी बैंकसँगको मर्जपछि नयाँ कार्यकाल पाएका थिए । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ अनुसार नयाँ ऐन कार्यान्वयनमा आएपछि कार्यकालको गणना हुने व्यस्था छ। यही प्रावधानअनुसार शेरचनको पहिलो कार्यकाल २०७५ माघमा सुरु भएको मानिँदै दोस्रो कार्यकाल २०७९ माघदेखि सुरु भएको दाबीमा सर्वोच्चले समर्थन गरेको हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते