होमपेज > मितेरी डेभलपमेन्ट बैंकको खुद नाफामा वृद्धि

मितेरी डेभलपमेन्ट बैंकको खुद नाफामा वृद्धि

बिज्ञापन
बिज्ञापन

काठमाडौं मितेरी डेभलपमेन्ट बैंकको खुद नाफामा वृद्धि भएको छ ।

बिज्ञापन

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा बढेको हो। चैत मसान्तसम्ममा बैंकले ९ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.४१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बिज्ञापन

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.४४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ११३.५१ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी ७.४५ प्रतिशत र सञ्चालन मुनाफा ३५.४१ प्रतिशत बढेको छ। बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ९४ पैसा बढेर १० रुपैयाँ १३ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात ६०.११ गुणा र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ रहेको छ।

१ अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ९ महिनामा ३.९५ प्रतिशत घटेको छ। सो ९ महिनामा बैंकको निक्षेप ३.९० प्रतिशत घटेको छ भने कर्जा तथा सापटी २२.४४ प्रतिशत बढेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते